अनमी नहुँदा सुत्केरी गराउन समस्या

अनमी नहुँदा सुत्केरी गराउन समस्या

दैलेख जेठ २१

दैलेखको नौमूले गाउँपालिका–४ कालिकास्थित स्वास्थ्य चौकीमा अनमी नहुँदा महिलालाई सुत्केरी गराउन समस्या पर्ने गरेको छ ।  गए राति सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य चौकी पु¥याइएकी बाङ्गेबजारकी २१ वर्षीया मीना रोका मगरलाई महिला स्वास्थ्यकर्मी नभएकै कारण पुनः घरमै फर्काएर सुत्केरी बताइएको छ ।
महिला स्वास्थ्यकर्मी नभएकै कारण पुनः घरमै फर्काएर मीनाकी आमाले सकी नसकी सुडेनीको काम गरेर बच्चा जन्माउन बाध्य भएको एभरेष्ट क्लवको क्रेटिभ स्पेस परियोजनाका सहजकर्ता निसा सलामीले जानकारी दिनुभयो ।
प्राप्त जानकारी अनुसार मीनाको यस अघि १ छोरी थिइन् भने यस पटक घरमै सुत्केरी हुदा अर्को छोरीको जन्म भएको छ ।
अहेव मनमाया गुरुङ्ग, अनमी कल्पना सारु दुई सातादेखि एकैसाथ विदा बसेका र सीअहेव चाहिं पुरुष भएका कारण लाजले महिलाहरु सुत्केरी गराउन नमान्ने गरेको पनि सहजकर्ता सलामीले बताउनुभयो ।

प्रतिक्रिया