दिगो र सन्तुलित योजना छनौट गर्नुहोस

दिगो र सन्तुलित योजना छनौट गर्नुहोस

चामुण्डा (दैलेख), २१ जेठ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीले दिगो र सन्तुलित हुने योजना छनौट गर्न निर्देशन दिएका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोग र जिल्ला समन्वय समिति दैलेखले सोमबार जम्बुकाँधमा आयोजना गरेको स्थानीय सरकार संचालन सम्बन्धी तीन दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने पराम्परागत शैलिमा योजना छनौट गरी ल्याउदा सम्बृद्धि सम्भव छैन, अब योजना छनौट गर्दा दिगोपन र तत्कालिन लाभ लिने खालका योजना छनौंट गर्न नगरसभा सदस्य र कार्यपालिका सदस्यहरुलाई निर्देशन दिएका हुन । आउने बजेट अधिवेसनले कृषि र पुर्वाधार, शिक्षा, स्वास्थ्यलाई प्रथामिकता साथ बजेट विनियोजित गर्ने उनले बताए ।
रैथाने फलफुललाई संरक्षण गर्ने गरी वडा स्तरबाट योजना छनौट गर्न नगर प्रमुख शाहीले निर्देशन दिए । विकास गर्ने नाममा विनास गर्ने होइन । ‘विनास नगरी योजना छनौट गर्नुहोस । उनले भने,
यसैगरी जिल्ला समन्वय समिति दैलेखका उप प्रमुख लक्ष्मी शाहले लक्षित वर्गलाई मध्यनजर गरी बजेट विनियोजन गर्न सुझाव दिईन । उनले भनिन्, जबसम्म लक्षित बर्गलाई आर्थिक रुपमा मजबुद बनाउन सकिदैन, तबसम्म सम्बृद्धि हासिल गर्न नसकिने उनको भनाई छ ।
आर्थिक वर्ष २०७४/०७५ मा योजना तुर्जमा सम्बन्धी तालिम नहुदाँ अधिकांस स्थानीय तहमा बजेटको दुरुपयोग भएको उनले बताईन । आगामी आर्थिक वर्षमा बजेटको सहि सदुपयोग गर्ने उद्देश्यले जिल्ला समन्वय समितिले स्थानीय सरकार संचालन सम्बन्धी तालिमहरु संचालन गरेको जानकारी दिईन ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप प्रमुख तारा शाही (खत्री) ले आर्थिक वर्ष २०७४/०७५ योजना गर्दा छनौट विभिन्न कमजोरी भएकाले आउने आर्थिक वर्ष २०७५/०७६ मा योजना छनौट गर्दा यस तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन । आर्थिक वर्ष २०७४/०७५ मा स्पष्ट ऐन कानून नहुदाँ विभिन्न समस्याहरु सिर्जना भएको उनले बताईन ।  बुधबारसम्म संचालन हुने तालिम सहजिकरण रविन्द्र शाही र गंगाराम दाहालले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया