लागु औषधबारे विद्यार्थीलाई प्रशिक्षण

लागु औषधबारे विद्यार्थीलाई प्रशिक्षण

दैलेख –लागु औषधको प्रयोगले युवाहरु बिग्रँदै गएका बेला दैलेखका बिभिन्न विद्यालयहरुमा अध्ययन गर्ने ७ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा गरेर लागु औषध र हिंसाबारे प्रहरीले प्रशिक्षण दिएको छ । प्रशिक्षण सँगै एक हजार बढी बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा पनि प्राप्त गरेका छन् ।

दैलेखमा विद्यार्थी उमेरका धेरै युवाहरु लागुऔषध प्रयोग कर्ताको रुपमा बढ्दै गएका बेला जिल्लाका बिभिन्न सरकारी र निजी विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरुलाई उपस्थित गराएर दिनभर गरिएको प्रशिक्षणले सकारात्मक प्रभाव पार्ने देखिएको छ । नेपाल प्रहरी श्रीमती संघ र असारा सुधार केन्द्र काठमाण्डौंले दैलेखको नारायण क्याम्पसमा प्रशिक्षण सँगै निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
सदरमुकाम दैलेख बजार सँगै आसपासमा रहेका विद्यार्थीहरुलाई संयुक्त रुपमा राखेर लागु औषध र हिंसाबारे प्रशिक्षण दिईएको थियो । लागु औषध रहरै रहरमा सुरु हुन्छ, त्यसले शारिरिक रुपमा त बर्वाद गर्छ नै सामाजिक रुपमा पनि मानिसको जीवन समाप्त गर्छ, त्यसैले यस्ता बिषयहरुका लागि आफुहरुले अभियान थालेको असारा सुधार केन्द्रका नरसिंह प्रधानले भने ।

विद्यार्थीहरुलाई लैगिंक हिंसा, यौनजन्य हिंसा लगायतका बिषयहरुमा काठमाण्डौंबाट आएका प्रहरी प्रमुखहरुले प्रशिक्षण दिएका छन् । त्यस्तै १५ जना बिशेषज्ञहरुको उपस्थितीमा स्त्रीरोग, बालरोग र दाँत सम्वन्धि संचालन गरिएको शिविरमा १ हजार बढीले उपचार पाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । शिविरमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको धेरै सहभागिता रहेको थियो ।

प्रतिक्रिया