दैलेखी युथले गर्‍यो उद्योग बाणिज्य संघका पदाधिकारीलाई सम्मान

दैलेखी युथले गर्‍यो उद्योग बाणिज्य संघका पदाधिकारीलाई सम्मान


दैलेख – दैलेख यूथ दैलेखले दैलेखको निजि क्षेत्र उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा दैलेखी युथका प्रचारप्रसार संयोजक मनिष भण्डारीले संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका नवनिर्वाचित सदस्य तथा नागरिक दैनिकका दैलेख सम्वाददाता गोविन्द केसीलाई संयोजक भण्डारीले सम्मान गरेका थिए । कार्यक्रममा सेन्चुरी बैंकका प्रर्वधक मदन अर्याललाई पनि स्वागत तथा सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले दैलेखी युथले जिल्लादेखी काठमाण्डौसम्म गरिव दुःखीहरुको सहयोगका लागि प्रभावकारी रुपमा आफनो गतिविधिहरु गरिरहेको सम्मान कार्यक्रममा बताए ।
दैलेखी युथले विगत ४ वर्षदेखी जिल्लामा खेलकुद महोत्सव गर्दै आएको छ । महोत्सवमा विशेष ३ खेलको प्रतिस्पर्धा गरिदै आएको छ । कर्णाली प्रदेशकै ठुलो धनराशीको फुटवल दैलेखमा निकै लोकप्रिय छ । १ लाख राशीको फुटवल खेल वर्षेनी हुने गरेको छ । त्यस्तै भलिवल र ब्याटमेन्टन खेल पनि युथले गर्दै आएको छ ।
यूवाहरुलाई दुब्यसनीबाट मुक्त गराउनका साथै दुब्यसनी घटानुका लागि सवैमा भाईचराको समवन्ध विस्तार प्रत्येक वर्ष खेलकुद गरिदै आएको युथले जनाएको छ । जिल्लाबाट काठमाण्डौं गएका विरामीलाई आर्थिक सहयोगदेखी सम्पूर्ण ब्यवस्थान, जिल्लाबाट एसईई दिएर गएका विद्यार्थीलाई छात्रवृद्धि लगाएका काम दैलेखी युथले गर्दै आएको छ ।

प्रतिक्रिया