कर्णाली प्रदेशको नीति तथा कार्यक्रम -प्रत्येक जिल्लामा ५० शैय्याको अस्पताल

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम -प्रत्येक जिल्लामा ५० शैय्याको अस्पताल

जेठ २६, २०७५ सुर्खेत

कर्णाली सरकारले शनिबारको प्रदेशसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले  शनिवार कर्णाली प्रदेश सभामा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले आगामी पाँच वर्षमा कर्णालीका जनताको प्रतिव्यक्ति आय दुर्इ हजार १०० डलर र १० वर्षमा देशकै समृद्ध प्रदेश बनाउने नीति तथा कार्यक्रममा जनााइएको छ।

कर्णाली पर्यटन बृहत्तर गुरुयोजना बनाउने, सुर्खेतबाट जुम्ला, रारा, हुम्ला, डोल्पा, चौरजहारी, नेपालगञ्ज, धनगढी, भैरहवा र काडमाडौंसम्म उडान सेवा सुरु गर्ने, ठूला पूर्वाधार त्रिदेशीय दूर्तमार्ग, रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय एयरपोर्ट, विभिन्न स्थानका अन्य एयरपोर्टहरूको स्तर उन्नती गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै, एक घर एक रोजगारी कार्यक्रम सञ्चालन गर्ने,  प्रदेश प्रहरी गठन गरिने, प्रत्येक जिल्लामा ५० शैय्याको अस्पताल बनाउनेलगाायत विषय पनि सरकारको नीति तथा कायर्यक्रम भित्र परेका छन्। यसैगरी, निति तथा कार्यक्रममा कर्णाली प्रदेशका हरेक नागरिकले १८ वर्ष पुगेपछि एक वर्षसम्म शारीरिक तन्दुरुस्ती तथा सामाजिक सुरक्षा तालिम लिनु पर्ने, युवाको शारीरिक र मानसिक विकास गर्न प्रत्येक सामुदायिक विद्यालयलाई खेलकुद मैदान निर्माण, विकास र विस्तार गर्न प्रोत्साहित गर्नेलगायतका योजना समेटिएको छ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रमको पूर्णपाठ

कर्णाली-प्रदेश-सरकारको-आ.व.२०७५७६-को-नीति-तथा-कार्यक्रम

प्रतिक्रिया