कैदीबन्दीलाई ढाका कपडा उत्पादन तालिम

कैदीबन्दीलाई ढाका कपडा उत्पादन तालिम

दैलेख– दैलेख कारागारमा रहेका कैदीबन्दीका लागी ढाका कपडा उत्पादन सम्बन्धि २० दिने तालिम सुरु भएको छ । कारागारमा रहेका ५ महिला र २० पुरुष गरी २५ जना कैदीबन्दीका लागी ढाका तथा कपडा उत्पादन सम्बन्धि २० दिने तालिमको आयोजना गरिएको जिल्ला कारागार दैलेखले जनाएको छ । सीप प्रदान गरि स्वरोजगार बनाउने उद्देश्य अनुरुप उक्त तालिमको आयोजना गरिएको हो । कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले सिप सिकेको व्यक्ति जहिले पनि आत्मनिर्भर हुर्ने भएकाले सिप सिक्न जरुरी रहेको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले कैदी बन्दीले पनि उदारणीय काम गरेर देखाएको बताउदै कैदीका लागी पनि यस्ता अवसर प्रभावकारी हुने औल्याए । सिप सिक्नु सबैभन्दा ठुलो शिक्षा हो, शिक्षा लिदा प्रतिफल भन्दा पनि दक्ष सिप सिक्न सुझाव समेत दिए ।
पत्रकार महासंघ दैलखेका अध्यक्ष चक्र के.सि.ले जिल्ला कारागारले कैदीका लागी प्रभावकारी तालिमको आयोजना गरेको भन्दै दक्ष सिपले मात्र जिवन दक्ष बन्न सक्ने बताए । विभिन्न स्थानमा रहेका विपन्न वर्गका लागी यस्तो तालिमको आयोजना गरिनु पर्नेमा उनले जोड दिए ।

यस्तै उद्योग वाणिज्य संघका महासचिव राजेश हमालले कैदिले उत्पादन गरेका विभिन्न किसिमका सामग्रीहरुलाई बजार व्यवस्थापनमा सहयोग गर्ने बताए । तालीमको प्रशिक्षण मसान्ती भण्डारीले गर्नुहुनेछ । तालिम आगामी असार १५ सम्म सञ्चालन हुने बताइएको छ ।
जिल्ला कारागार दैलेखका जेलर जित बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, नेपाल पत्रकार महासंघको अध्यक्षय चक्र के.सी. घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख परशुराम आचार्य, दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमाल सहभागी थिए ।

प्रतिक्रिया