विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी

विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी

दैलेख- जिल्ला विपद व्यवस्थापन समितिले मनसुनी वर्षालाई मध्यनजर गर्दै जिल्लाभरका ११ वटै स्थानीय तहमा सम्भावित विपद् जोखिन न्यूनीकरणका लागि पूर्व तयारी व्यवस्थापन गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
वर्षात पहिरो जाने, बाढी आउने र नदी कटान लगायतका सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान, विपद् व्यवस्थापन सामग्रीको तयारी र सर्वसाधारणमा सचेतनाका काम गर्न स्थानीय तह स्तरमा पनि विपद व्यवस्थापन समिति गठन गरी ती काम गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेको अध्यक्षता बसेको बैठकमा ११ वटै स्थानीय तहका प्रमुखहरु, पूर्वाधार सम्वन्धी सरकारी कार्यालय, सुरक्षा निकाय, नेपाल रेडक्रस लगायतका सरोकारवाला निकायको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया