अवैद्य घरेलु मदिरा नियन्त्रण गर्दै चामुण्डा

अवैद्य घरेलु मदिरा नियन्त्रण गर्दै चामुण्डा

दैलेख जेठ ३१ – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले घरेलु मदिरा नियन्त्रण गर्ने भएको छ । नगर कार्यपालिकाको २९ र ३० गते बसेको बैठकले घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको हो । नगरमा शान्ति कायम गर्ने उद्देश्यका अवैद्य घरेलु मदिरा नियन्त्रण गर्नका लागिएको नगर प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । ‘समाज घट्ने अधिकांश घट्नाहरु अवैद्य मदिराकै कारणले हुन्छन, अवैध मधिराको कारोवार पूर्ण रुपमा रोक्न हामीले यो अभियान संचालन गर्न लागेका छौ, उनले भने ।
घरेलु उत्पादीत मधिरा देखि अवैध अन्य मधिराको कारोवार गर्ने माथी सुरुमा चेतवानी दिइने अटेर गरे कानुन वमोजिम कार्वाही गरीने नगर प्रमुख शाहीले बताए । नगरपालिका भित्र पनि अवैध मधिराको कारोवार अत्याधिक भएकाले ७ दिने सूचना जारी गरी गरिसकेका छौँ, उनले भने । अब अटेर गर्नेलाई छापा मार्ने तयारी भइरहेको पनि उनको भनाई छ । समाजमा अवैध मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, लगायतका विकृतीहरु भइरहेकाले मधिरा नियन्त्रणका लागि अभियान संचालन गर्ने उनले बताए । नगरपालिका र प्रहरीबाट मदिरा नियन्त्रण गर्न नसकिने भएकाले नागरिकको सहयोगको खाँचो पर्ने उनको भनाई छ ।
यता नगर उप प्रमुख ताराकुमारी शाही (खत्री) ले अवैद्य घरेलु मदिराकै कारणले गर्दा महिलाहरु घरेलु हिंसा सिकार हुने गरेको बताईन । न्यायिक समितिमा आएका मुद्धाहरुको अनुसन्धान गर्दा अधिकांस मुद्धाहरु मदिराकै कारणले हुने गरेको उनले जानकारी दिईन ।

प्रतिक्रिया