कर्णालीको बजेट २८ अर्ब(पूर्णपाठसहित)

कर्णालीको बजेट २८ अर्ब(पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशको बजेट सार्वजनिक भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २८ अर्बको बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रदेश सरकारले ल्याएको बजेटमा भौतिक पूर्वाधार, पर्यटन, कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ । ५२ प्रतिशत गरिवी रहेको प्रदेशको गरिवी घटाउन उत्पादनमुखी सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने ज्वालाले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ । जनता सडक कार्यक्रमको सम्भाव्यताको अध्ययन गरिने, प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ पर्ने गरी जम्मा १ अर्ब २० करोड रुपैयाँ, राजधानी पूर्वाधार कार्यक्रमका लागि ११ करोड, अन्तर प्रादेशिक जोड्ने सडकका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरिएको छ ।
यस्तै, साना तथा मझौला जलविद्युतका लागि २५ करोड तथा ‘कर्णालीको पानी, जनताको लगानी’ भन्ने नाराका साथ जलविद्युत निर्माणमा सक्रियता बढाउन बजेट विनियोजन गरिएको  छ ।

 

प्रतिक्रिया