दैनिक ३ घण्टामात्रै विद्युत आपुर्ती

दैनिक ३ घण्टामात्रै विद्युत आपुर्ती

दैलेख असार २ – दैलेखको गुराँस र डुङ्गेश्वर गाउँपालिका क्षेत्रमा विद्युत आपुर्ती दैनिक ३ देखि ४ घण्टामात्र हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले लोड सेडिङ्ग अन्त्य भइसकेको भनेपनि अन्य क्षेत्रभन्दा यस क्षेत्रमा विद्युत आपुर्ती कम हुने गरेको हो ।
विद्युत नहुँदा विशेष गरेर अफिसियल कामकाज गर्न समस्या हुने गरेको छ । विगतको भन्दा अहिले स्थानिय तहमा नै सबै काम हुने गरेको छ । तर विद्युत आपुर्ती नहुँदा जनतालाई सेवा दिन समस्या भएको गुराँस गाउँपालिकामा कार्यरत कर्मचारी कर्ण बहादुर थापाले बताए ।
उनले सरकारले सबै काम स्थानिय तहमा दिनेगरी संरचना बनाएपनि प्रविधिको विकास गर्न नसकेको भन्दै विद्युत आपुर्ती दिनमा ३ देखि ४ घण्टा पनि हुन नसकेको बताए ।
यता, नेपाल विद्युत प्राधिकरणले भने मौसमको खराबीका कारण विद्युतमा अनियमितता भएको प्रतिक्रिया दिएको छ । प्राधिकरणका जिल्ला प्रमुख धिरेन्द्र बजगाईले सबै क्षेत्रमा लाइन एउटै भएका कारण एक ठाउँमा समस्या हुँदा सबै क्षेत्रमा आपुर्तीमा समस्या हुने गरेको भन्दै अबको केहि दिनमा आपुर्ती नियमित हुने बताए ।

गुराँस गाउँपालिका क्षेत्रमा विद्युतसँगै इन्टरनेट तथा मोवायल नेटवर्कमा पनि समस्या रहेको भन्दै स्थानियले यो समस्या छिटो हल गर्न माग गरेका छन् । गुराँस गाउँपालिका प्रदेशको राजधानीसँग जोडिएको गाउँपालिका हो ।

प्रतिक्रिया