ट्राफिक प्रहरीको नजर अटो रिक्सामाथि

ट्राफिक प्रहरीको नजर अटो रिक्सामाथि


सुर्खेत– वीरेन्द्रनगरमा गुड्ने सवारी साधनमध्ये अटो रिक्सा बढि दुर्घटना हुन थालेपछि प्रहरीले निगरानी बढाउने रणनीति बताएको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नयाँ रणनीति लागु गर्ने जनाएको हो ।
आईतबार पत्रकार सम्मेलनको आयोजना गरि ट्राफिक प्रहरी प्रमुख हरीबहादुर विसीले आगामी रणनीतिमा अटो रिक्सा माथिको निगरानी बढाउने बताए । करिव एक सातापहिले जिल्ला ट्राफिक प्रहरी प्रमुखको कार्यभार सम्हालेका उनले सवारी दुर्घटनाको अवस्था मुल्यांकन गर्दा अटो रिक्सा बढि दुर्घटनामा परेको बताए । दुर्घटनाको मुख्य कारण सडक भएको उनले बताए ।
‘पुराना सवारी साधन र विग्रदो सडक नै दुर्घटनाको मुख्य कारण हो’ उनले भने, ‘सडकको स्तरोन्नती, सवारी साधनमा चेकजाँच कडाई पारि दुर्घटना न्यूनिकरण गर्ने रणनीतिक छ ।’
उनका अनुसार हाल सात सय २१ सवारी साधन बराबर एक जना ट्राफिक प्रहरीले निरीक्षण र निगरानी गर्नुपर्ने अवस्था छ । जिल्लामा एक हजार एक सय अटो रिक्सा सञ्चालनमा रहेको भन्दै उनले ग्रामिण क्षेत्रमा गुड्न प्रतिवन्ध लगाइने उनले बताए ।

प्रतिक्रिया