‘विकासको मुख्य आधार वैज्ञानिक शिक्षा’

‘विकासको मुख्य आधार वैज्ञानिक शिक्षा’

दैलेख  असार ५,

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खडकाले समाज विकासको पहिलो आधार वैज्ञानिक शिक्षा भएको बताएका छन् । दैलेख सदरमुकाममा आयोजित मन्टेश्वरी शिक्षा प्रणालीलाई सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् । उनले अहिलेको नयाँ पुस्तालाई वैज्ञानिक शिक्षा प्रदान गर्न सकेमात्र भोलीको भविष्य उज्वल हुने भन्दै शिक्षा बिना विकासको कल्पना पनि गर्न नसकिने बताए ।
कार्यक्रममा प्यावसन दैलेखका अध्यक्ष सुवास थापाले जिल्लाको समग्र शैक्षिक विकास र गुणस्तरका लागी शैक्षिक बहस जरुरी रहेको औल्याए । साथै उनले विद्यार्थीको पहिलो स्कुल घर भएकाले घरमा पनि बालबालिकालाई पढ्ने वातावरण हुनु पर्नेमा जोड दिए । “जब पढछ दैलेख, तब अघि बढछ दैलेख” भन्ने मुल नाराका साथ दैलेखी युथ दैलेखले गरेको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुराउने ४ वटा मन्टेश्वरीलाई सम्मान गरिएको थियो । किडस प्याराडाइस चाइल्ड केयर सेन्टरको सह आयोजनामा भएको कार्यक्रममा समग्र जिल्लाको शैक्षिक अवस्थाको बारेमा छलफल भएको थियो । कार्यक्रम किडस प्याराडाइस चाइल्ड केयर सेन्टरका प्रचार प्रसार विभाग प्रमुख मनिस भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया