जगनाथ पुर्ण सरसफाई युक्त घोषणा हुँदै

जगनाथ पुर्ण सरसफाई युक्त घोषणा हुँदै

दैलेख असार ५
२०६८ सालमा मध्य तथा मध्यपश्चिमको जाजरकोट बाट फैलिएको झाडापखालाका कारण दैलेखमा ९ जनाको मृत्यु भयो । त्यस मध्ये साविकको जगनाथ गाउँविकास समितिमा मात्रै झाडापखालाका कारण १ जनाको मृत्यु भयो । जिल्लामा झाडापखालको प्रकोप फैलिए पछि विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्था बाट सरसफाईका अभियान संचालन गरिए । दैलेखका साविकका गाबिस सबै खुल्ला दिशामुक्त भए पश्चात २०७२ सालमा दैलेख नेपालको २५ औ र मध्यपश्चिम क्षेत्रको ७ औँ खुल्ला दिशामुक्त जिल्ला घोषणा भयो ।
खुल्ला दिशामुक्त गाउँ विकास समिति घोषणा गर्दा हतार जस्तै गरेर गरियो । गाउँमा धेरै घरमा शौचालय बनेको थिएनन् । गाउँमा बनेको शौचालय र सरसफाईका बारेमा स्थानीय जनताले जानकारी पाएका थिएन्न । मुलुक संघियतामा प्रवेश गरे संगै दैलेखमा ४ नगरपालीका र ७ गाउँपालीकामा विभाजन भयो । स्थानीय तह निर्मण भई सिंहदरवारको अधिकार गाउँमा आएपनि सरसफाईको क्षेत्रमा काम भने हुन सकेको थिएन । ग्रामिण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा खानेपानी तथा सरफाईको क्षेत्रमा काम संचालन भएपछि सरसफाई बारे स्थानीय जनताले सरसफाई सम्बन्धि व्यवहारमा परिवर्तन ल्याएका छन् ।
भवगतीमाई गाउँपालीका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र सामाजीक सेवा केन्द्र (सोसेक) नेपालको सामाजीक सहजीकरणमा संचालन भएको उक्त कार्यक्रम बाट भगवतीमाई गाउँपालीका वडा नं. ४ साबिकको जगनाथ गाबिस पुर्ण सरसफाई सयुक्त वडा घोषणा गर्ने तयारी भएको भवगतीमाई गाउँपालिका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाका फिल्ड अधिकृत प्रकाश अधिकारीले बताए । गाउँमा सरसफाईका क्षेत्र नँया अभियानका साथ काम गरिरहेको अधिकारीले जानकारी दिएका छन् ।
शौचालय निर्माण भएपनि शौचालयको प्रयोग र सरसफाईका सुचक वारे स्थानीय बस्ती जानकारी दिए पश्चात अहिले सबैका घरमा सरससफाई भएको भवगतीमाई गाउँपालीका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाका फिल्ड अधिकृत महेन्द्र अधिकारीले बताए । परियोजनाले भगवतीमाई गाउँपालिका साविकका जगनाथ, कट्टि गाबिसमा खानेपानी तथा सरसफाई क्षेत्रमा काम गर्दै आएको छ । गाउँपालीकाका अध्यक्ष दान बहादुर थापाले जगनाथ जस्तै अन्य वडालाई पनि पुर्ण सरसफाईयुक्त घोषणा गर्दै भगवतीमाई गाउँपालीकालाई नमुना गाउँपालीका बनाउने बताए । साबिकको जगनाथ गाबिसमा २८ सय ३ जनसख्या रहेको छ ।

प्रतिक्रिया