लिफ्टिङ प्रविधिबाट खानेपानी

लिफ्टिङ प्रविधिबाट खानेपानी

दैलेख असार ६- दैलेख गुराँस गाउँपालिकाले खानेपानीको समस्या भएका विभिन्न क्षेत्रहरुमा खानेपानी पु¥याउनेगरी लिफ्टिङ सिस्टम मार्फत प्रारम्भिक काम थालेको छ । पहिलो चरणमा शुरु भएको सबैभन्दा ठुलो खानेपानी आयोजना मध्ये झ्याजे भिउचुला लिफ्टिङको काम शुरु भएको हो । यसअघि लिफ्टिङबाट दोबाटोमा पानी पु¥याइसकेको छ । पहिले ट्याङ्की बनाएर त्यसमा पानी जम्मा गरी मोटर मार्फत भिउचुला पानी पु¥याइने छ । करिब २ किलोमिटिरको दुरीमा पानी उकालोमा चढाउनुपर्ने छ । यो आर्थिक बर्षमा १५ लाख रकम छुट्टाइएको उक्त आयोजनाको काममा केहि विवादहरु देखिएपनि अहिले विवाद समाधान भएपछि काम सुरुवात भएको उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर केसीले जानकारी दिए ।
पानी लिँदा आफुहरुलाई समस्या हुने भन्दै तल्लो गर्चाका केहि स्थानियले पानी त्यँहाबाट नलिन भन्दै गाउँपालिकामा निवेदन समेत दिएका थिए । अन्ततः गाउँपालिकासँगको सहमतीमा पानी लिफ्टिङ गर्न त्यँहाका स्थानिय सहमत भएका हुन् । अहिले गाउँपालिकाले दिएको स्टेमेट अनुसार मुहान नजिक ट्याङ्की बनाउनको लागि काम शुरु भएको छ । यो आर्थिक बर्षमा छुट्ट्याइएको बजेटले ट्याङ्की निर्माणको काम मात्र हुने उपभोक्ता समितीका अध्यक्ष केसीले जानकारी दिए ।
झ्याजे भिउचुला लिफ्टिङको काम सम्मपन्न गर्न करिब एक करोड रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यो खानेपानी आयोजान सम्पन्न भइसकेपछि दुइ सय घर लाभाम्वित हुने छन् । अहिलेसम्म भिउचुला, मेलपोखरा तथा आसपासका क्षेत्रहरुमा खानेपानीको समस्या चुलिदै आएको छ । खानेपानी आयोजना शुरु भएपश्चात खानेपानी नभएको क्षेत्रका नागरिकहरु खुशी भएका छन् ।
पानीको समस्या समाधान गर्न प्राररम्भिक काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो आर्थिक बर्षमा ६ वटा लिफ्टिङ सिस्टमबाट पानी तान्ने योजना बनाएको थियो । जसमध्य एउटा काम सम्मपन्न भइसकेको छ । अन्य ५ वटा ठुला योजनाहरुको काम एकैसाथ शुरु भएको जनाइएको छ । अबको दुइ बर्षमा सबै काम सम्मपन्न गर्नेगरी काम थालिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

यी सबै लिफ्टिङ सिस्टमका आयोजनामा यो आर्थिक बर्षमा गाउँपालिकाले ६० लाख वजेट छुट्ट्याएको थियो । लिफ्टिङ सिस्टमबाट बन्न लागेका पानीका आयोजनाहरु मर्खे लिफ्टिङ खानेपानी आयोजना, डुडापोखरा खानेपानी आयोजना, तारापोखरी लिफ्टिङ र बुबैराखे लिफ्टिङ रहेका छन् । मर्खे लिफ्टिङको काम पनि शुरुवात भएको उपभोक्ता समितीका अध्यक्ष रन बहादुर रोकायले जानकारी दिए । यो आयोजनाको लागि यो आर्थिक बर्षमा गाउँपालिकाले २ लाख ५० हजार छुट्ट्याएको थियो । गाउँपालिकाले खानेपानीको समस्या भएका विभिन्न क्षेत्रहरुको पहिचान गरी लिफ्टिङ सिस्टम मार्फत पानी तान्नेगरी योजना बनाएको हो । यो आर्थिक बर्षमा खानेपानी आयोजनाका काममा केहि विवाद देखिएका कारण सबै काम भने समयमै शुरु हुन सकेका थिएनन् । अन्य केहि ठाउँका साना लिफ्टिङ योजना भने पुरा भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया