पढ्ने रहरलाई उमेरले छेकेन

पढ्ने रहरलाई उमेरले छेकेन

दैलेख ८ असार ।
जिल्लाको पश्चिममा पर्ने आठवीस नगरपालिका २ सिगौडीकी तुलसी विक स्कुल जाने रहरै रहरमा १३ बर्ष पुगिन् । उनलाई स्कुल जाने रहर लागेको बर्षौ भइसकेछ । तुलसीको घरको अघिल्तिरबाटै आफु भन्दा सानो उमेरका बालबालिका ठाट्टिएर दैनिक स्कुल आउजाउ गरेको देख्दा उनलाई पनि स्कुल जाउँजाउँ जस्तो लाग्थ्यो । तुलसीको टोलका अन्य बालबालिकाहरु संगै स्कुल जाने रहरै रहरमा १३ बर्ष पुगेको पत्तै भएन । टोलमा आउने नयाँ मानिसलाई देख्ने वित्तीकै उनि सोध्ने गर्थीन, ‘म स्कुल जान पाउँछु र ? निर्दोष तुलसीको यो प्रश्न सुन्ने जो कोहीलाई पनि एक पटक, सोच्न बाध्य बनाउथ्यो । १३ बर्षिया तुलसी बिक अहिले सम्म विद्यालयको गेट सम्म पुग्न सकेकी थिइनन् । उनका बुबा धौरो विक बर्षौै देखि शारिरिक अपाङ्गताबाट थलिएका छन् । शारिरिक रुपमा असक्त धौला ज्याला मजदुरी गर्न सक्दैनन् । तुलसीका दिदि र दाई छन् । दाई र दिदिको विवाह भइसक्यो ।

फोटो – कक्षाका अन्य बालबालिकाहरुसंगै तुलसी वि.क. ।

बुबा शारिरिक रुपमा अपाङ्गता भएका कारण ज्याला मजदुरी गर्न सक्दैनन् । शारिरिक अपाङ्गता भएका उनका बुबा घरमा बसेर डोको बुन्ने काम गर्छन् । आमा ज्याला मजदुरी गर्न जाने भएका कारण घरको काम सबै सम्हाल्नु परेकोले उनि १३ बर्ष सम्म विद्यालय जान सकिनन् । बाबु अपाङ्गता भएको र आमाले ज्यालामजदुरी गरि कमाएको पैसाले साँझ बिहानको छाक टार्न धौधौ परिरहेको बेला तुलसी लाई पढ्न पठाउने कुरै रहेन ।
पढ्ने रहर हँुदाहँुदै पनि परिवारको आर्थीक अवस्था नाजुक भएका कारण बिद्यालय जान बाट तुलसी बन्चित भएकी थिइन् । उनलाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाको सहयोगमा छात्रवृत्ति प्रदान गरि गुराँस आधारभूत बिद्यालयमा कक्षा १ मा भर्ना गरिएको छ ।

उमेरले १३ बर्ष पुगेकी तुलसीलाई विद्यालय गएर पढ्नलाई उमेरले भने छेकेन् ।अहिले उनि बिहान बेलुका घर धन्दा सघायर बिद्यालयमा नियमित जान्छिन । साथीहरू भन्दा अलि ठुली भएकाले सुरुमा त लाज लाग्थ्यो, तर अब लाग्दैन, अब सधैं स्कुल आउछु धेरै पढ्छु, सुरुमा त बुवा आमाले स्कुल पठाउनै मान्नुभएको थिएन, धेरै सम्झाई–बुझाई गरिसके पछी मात्र मलाई स्कुल पठाउनु भयो, तुलसीले भनिन ।
विद्यालयमा भर्ना भएदेखि उनि एक दिन नविराई नियमित स्कुल जाने गरेकी छिन् । सुरुमा हामीले पनि छोरीलाई स्कुल पठाउन मानेका थिएनौ, अहिले छोरीले घरको काम सघाएर स्कुल गएको देख्दा खुसी लाग्छ, अब छोरीलाई नियमित स्कुल पठाउँछौ तुलसीका बुबा धौराले भने । गुराँस आधारभूत बिद्यालयका प्रधानाध्यापक डम्मर शाहीले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयको पहुँचमा पुर्याउन सहयोग गर्ने सहयोगी निकायहरुलाई धन्यवाद दिए । आठवीस नगरपालिका भित्र रहेका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँुचमा पु¥याउने गरि आफुहरुले काम गर्दै आएको सहयात्रा परियोजनाका सामाजिक परिचालक लक्ष्मी चलाउनेले बताइन् ।

प्रतिक्रिया