जिफन्टको नगर कमिटि अध्यक्षमा हमाल

जिफन्टको नगर कमिटि अध्यक्षमा हमाल

दैलेख – नेपाल ट्रेड युनियन (जिफन्ट) नारायण नगर कमिटि गठन भएको छ । नेपाल ट्रेड युनियन महासंघ नगर कमिटिको जिल्ला व्यापी अभियान अन्तरगत ११ सदस्यीय नगर कमिटि गठन गरिएको हो । नव गठिन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नारायण नगर कमिटिको अध्यक्षमा दुर्गा हमाल, उपाध्यक्षमा उमा थापा, सचिबमा पृथ बहादुर थापा र सह–सचिबमा धनसरा चन्द रहनु भएको छ । यस्तै कमिटिको सदस्यहरुमा बल बहादुर मल्ल, मनमायाँ प्याकुरेल, कृष्ण प्रसाद सुवेदी, धन कुमारी थापा, कल्पना नेपाली र कोकिला कोइराला रहनु भएको छ ।

यस अघि भएको भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल टेूड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशका अध्यक्ष तेज प्रकाश जिसीले संघिय संरचनामा श्रमिकका हक अधिकार सुनिश्चित गर्न स्थानिय तह बढी जिम्मेवार हुनु पर्ने बताए । उनले श्रमिकलाई हेला होइन सम्मान गर्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिए ।यस्तै जिफन्टका राष्ट्रिय कमिटि सदस्य चन्दा धामी, प्रदेश सचिब श्रीपाल सारुमगर लगायतले मन्तव्य राखेका थिए । भेला जेष्ठ नागरिक खड्ग बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया