दुल्लु नगरले ल्यायो ४४ करोड बजेट

दुल्लु नगरले ल्यायो ४४ करोड बजेट

निरक शाही
असार ११, दुल्लू
दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि, पर्यटन, रोजगरी, तरकारी फलफुल खेती तथा घरेलु उद्यम आदीलाई प्राथमिकतामा राख्दै नगरपालिकले ४४ करोड ७ लाख ९० हजार २ सय ९५ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ को आम्दानी तर्फको बजेटमा वित्तिय समानिकरण अनुदान (संघिय सरकार) १३ करोड ९ लाख ७६ हजार, राजश्व वाँडफाँट संघिय सरकार मार्फत ९ करोड २४ लाख ९६ हजार, कर्णाली प्रदेश सरकारको वित्तिय समानीकरण अनुदान ५६ लाख १८ हजार, राजश्व वाँडफाँट १४ लाख ८५ हजार, सर्शत अनुदान खर्च विषयगत शाखा १ करोड ३१ लाख ३० हजार दुल्लू नगरपालिकाको आन्तरिक आय ३० लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम तर्फ ६ करोड १ लाख ६६ हजार १६०, घरेलु तथा साना उद्योग विकास कार्यक्रम मार्फत १० लाख ४ हाजर गरिविनिवारण का लागि लघु उद्यमी विकास कार्यक्रम अन्तरगत २ करोड ७७ लाख ९० हजार, वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर गत १८ लाख २२ हजार सुआहारा कार्यक्रम÷एभरेष्ट क्लव अन्तरगत २१ लाख ४४ हजार १३५ रुपैयाा गरेर जम्मा बजेट ४४ करोड ७ लाख ९० हजार २ सय ९५ रुपैयाको बजेट नगर उपप्रमुख बिष्णु थापाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
यस्तै दुल्लू नगरपालिकाले वडागत विनियोजत रकम अन्तरगत वडा नं. १ को लागि ७० लाख, वडा नं. २ मा ७९ लाख, ३ मा ८१ लाख, ४ मा ७२ लाख, ५ मा ८० लाख, ६ मा १ करोड, ७ मा ७० लाख, ८ मा ९० लाख, ९ मा ७८ लाख , १० मा १ करोड १ लाख , ११ मा १ करोड २२ लाख , १२ मा ८२ लाख र वडा नं. १३ मा १ करोड २२ लाख गरेर कुल रकम ११ करोड ३७ लाख को वडा स्तरमा रकम विनियोजन गरेको छ ।
यस्तै दुल्लू नगरपालिकाले नगर सभाहल निर्माणमा १ करोड, विद्यालय गुणस्तर सुधार कार्यक्रमामा ३५ लाख, सुरक्षित प्रसुती व्यवस्थापनमा ३० लाख, महिला लक्षित कार्यक्रममा १३ लाख, दलित लक्षित कार्यक्रममा १३ लाख, बालवालिका लक्षितमा ५ लाख, युवा लक्षित कार्यक्रममा ५ लाख, दृष्टिविहिन विद्यालय शैक्षिक सुधारमा ३ लाख, पंचकोशी रनिङ शिल्ड तथा खेलकुद विकासमा ५ लाख, अपाङग लक्षितमा ५ लाख, न.पा. र वडा कार्यालयमा सरोलार खरिदमा १० लाख , सवारी साधन खरिदमा ६५ लाख, व्यक्तिगत घटना अनलाइन दर्ता तथा सामाजिक सुरक्षा र एकिकृत सम्पति मर अनलाइनका लागि इन्टरनेट व्यवस्थापनमा १४ लाख , न्ययिक समिति स.चालन, व्यवस्थापन र क्षमतता विकास तालिमको लागि १२ लाख विपद व्यवस्थापनमा ५ लाख, इलाका प्रहरी कार्यालय दुल्लूको प्रतिक्षालय निर्माण २ लाख , कर्मचारी कल्याण कोेषमा ५ लाख , अन्य ६ वटाकोषहरुको लागि ६ लाख, उपभोक्ता समितिहरुलाई तालिमको लागि ६ लाख ५० हजार रकम छुट्याको छ ।
धार्मिक एवं सांस्कृतकि पर्यटकीय क्षेत्रको विकास , प्रवद्धन र प्रचारप्रसार गरिने छ । व्यवसायिकरण र वजारीकरणलाई प्राथमिकतामा राखिनेछ । आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्र वातावरण तथा विपद् व्यवस्थापन लागयतका विषयक्षेत्रगत कार्यक्रम संचालन गरी समग्र दुल्लूको विकास गर्ने निति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले नगर क्षेत्रलाई खाद्यन्नमा आत्म निर्भरता बनाउन एक गाउँ एक उत्पादनको कार्यक्रमलाई अगाडी सारेको छ । कृषिको विकास, आधुनिकीकरण, व्यवसायीकरण तथा वजार प्रवद्धन गरिने छ । पर्यटन बिस्तारमा टेवा, प्रचार प्रसार ,नगरपालिका भित्र होमस्टे संचालन गर्ने निति नगरपालिकाले लिएको छ ।
नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू नगरपालिका संस्कृति र पर्यटकिय नगर भएकोले यसको विकास हुने र त्यसकालागि नगरपालिकाले विशेष योजना तथा नितिहरु ल्याई बजेट विनियोजन गरेको जानकारी दिए । नगरभित्रका अधिकांश समस्यालाई सम्बोधन गरी विभिन्न गुरुयोजना निर्माण गरेर दुल्लू नगरपालिकाका जनताको बिकासकामा प्रत्यभुती गराउने खालको बजेट ल्याइएको नगर प्रमुख भण्डारीको दाबी छ ।

प्रतिक्रिया