डुङ्गेश्वरको नीति तथा कार्यक्रम-प्राथमिकतामा कृषि, पर्यटन र उद्योग

डुङ्गेश्वरको नीति तथा कार्यक्रम-प्राथमिकतामा कृषि, पर्यटन र उद्योग

दैलेख असार १२

जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाई समृद्ध गाउँपालिका निर्माण गर्ने नीति अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सिता ज्ञवालीले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि पेश गरेको नीति तथा कार्यक्रममा यस्तो नीति अघि सारिएको हो ।
कृषि पर्यटन उद्योग र पुर्वाधारका क्षेत्रको विकासबाट गाउँपालिकामा रहेको विद्यमान वेरोजगारी, गरिबी र असमानता घटाइ दीगो विकास स्थापनामा सघाउ पु¥याउदै आम नागरिकको जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभुति दिलाउने गाउँपालिकाको प्रमुख उदेश्य रहेको उल्लेख गरिएको छ ।गाउँपालिकाले आर्थिक तथा सामाजिक असमानता र विभेदको अन्त्य गर्दै सम्वृद्धी हासिल गर्ने लक्ष राखेको छ ।
गाउँपालिकाले सहज जीवनयापन र आर्थिक सम्वृद्धीका लागी भौतिक पूर्वाधारको विकास गर्नुका साथै मानव अधिकार संरक्षण तथा सामाजिक न्यायको प्रबद्र्धन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन एव प्रभावकारी रुपमा परिचालन गर्ने निती अघि सारेको हो ।
गाउँपालिका भित्र रहेको भाषा, संस्कृति, कला, साहित्यको संरक्षण तथा विकासको लागी आवश्यक कार्र्यक्रम संचालन गर्नुका साथै कृषिको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि एव खाद्य सुरक्षा सुनिश्चित गर्र्देै आत्मनिर्भरता तर्फ उन्मुख गराउने निती अघि सारिएको गाउँपालिका उपाध्यक्ष सिता ज्ञवालीले जानकारी दिनुभयो । वातावरणमैत्री र प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्र्र्न सहयोग गर्ने, भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासन कायम गर्नका लागि गाउँपालिकाले योजना बनाएर काम गर्ने निती अवलम्बन गर्ने गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ले जानकारी दिए ।
यस्तै सडक, यातायात, जलस्रोत, उर्र्जा, खानेपानी, सहरी पूर्वाधार, सिंचाई, सूचना, सञ्चार तथा प्रविधि जस्ता विकासका भौतिक पूर्वाधारहरूको विकास गर्र्र्र्र्ने, वन, जडीबुटी, पर्यटन र उद्योग क्षेत्रको विकास गर्र्र्र्र्ने, मानव संसाधानको विकासका लागी शिक्षा, स्वास्थ्य, पशु लद्युउद्यम, घरेल उद्यम, सिपमुलक तालिम र जनचेतनामुलक र अभियानमुलक कार्र्यक्रममा लगानी बडाई सामाजिक क्षेत्रका विकास गर्र्र्र्र्ने नितीलाई प्राथमिकतामा राखिएको छ ।
विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्र्र्र्र्न, विद्याथी सिकाइ उपलब्धि अभिवृद्धि गर्र्र्र्र्न, बालबालिका हरूलाई ‘विद्यालय ल्याऔं, टिकाऔ सिकाऔँ’ र अभिभावहरुलाइ जागरुक वनाऔ । भन्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन विद्यालयहरुसँग समन्वय र सहकार्र्य गर्ने निती अघि सारिएको छ । गाउँपालिकाले आगामी आर्थीक बर्षमा लक्षित वर्गका १ सय जना यूवा यूवतिहरुलाई छोटो अवधिको सिपमुलक तालिम प्रदान गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले आगामी वर्र्षलाई कानुन निर्माण वर्र्षको रुपमा लिई जनसहभागितामा डुङ्गेश्वर गाउँपालिका मैत्री कानुनहरुको निर्माण गर्ने लक्ष राखेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुुर मल्लले जानकारी दिएका छन् ।
गाउँँपालिकाका सवै वडा कार्यालयहरुलाई एक वर्र्ष भित्र प्रविधी युक्त (पेपर लेस) वनाई स्मार्ट प्रशासन को अवधारण कार्यान्वयनमा ल्याउने निती बननाएको छ । सुशासनको पक्षमा अनुसन्धान, खोजमुलक विकास पत्रकारितालाइ प्रोत्साहन गर्र्र्र्र्न गाउँँपालिका क्षेत्रमा अविछिन्न क्रियाशिल भइ गाउँपालिका र समाजको विकासमा उल्लेख्य योगदान गरेका पत्रकारहरु मध्येवाट प्रत्येक वर्र्ष प्रेस स्वतन्त्रताका दिन पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै पत्रकारहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै थप सक्रिय हुन अभिपे्ररित गर्र्र्र्र्ने उदेश्यले पत्रकार अक्षय कोष स्थापना गर्ने गाउँपालिका अध्यक्ष मल्लले बताए ।
डुङ्गेश्वर गाउँपालिकाको निती तथा कार्यक्रम (पूर्णपाठ सहित)

डुगेश्रवर सभा

प्रतिक्रिया