अध्यक्षको मनेमानी, स्थानिय आन्दोलित

अध्यक्षको मनेमानी, स्थानिय आन्दोलित


दुल्लू असार १२
संविधानले सिंहदरवारको अधिकार गाउँगाउँमा दिए पनि कार्यान्वयनमा समस्या देखिएको छ । कुनै ठाउँमा केन्द्रको नाममा विवाद भएका छन्,भने कतै बिकासका नाममा बहुमत र अल्पमतको धम्कीले स्थानियलाई सास्ती हुने गरेको छ । स्थानिय तहको निर्वाचन भएको एक वर्ष बिति सके पनि दुल्लू नगरपाकिले केही वडाको केन्द्र छुट्याउन सकेको छैन । चालु आर्थिक वर्षमा भवन निर्माणको कामलाई सुरुवात गर्ने भनिए पनि दुल्लू नगरपालिका वडा नं. ९ मा जग्गाको विवादले वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने टुंगो लागि सकेको छैन ।
वडा अध्यक्षले दोभासे कुरा गरेको भन्दै स्थानियले आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । साविकको वडा नं. ४ का स्थानियहरुले आइतबार भजयिामा भेला भई संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । दुल्लू नगरपालिका ९ अन्तरगत साविकको पादुका ४ का स्थानियले वडा कार्यालयको भवन भजनिया पोखरीमा हुनु पर्ने भन्दै वडा नं.९ को वडा कार्यालय र दुल्लू नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । पाँच दिनको अल्टिमेटम दिदैँ आन्दोलनका कार्यक्रम घोषणा गरेको संघर्ष समितिका संयोजक मदन पुरीले जानकारी दिए । यही असार १६ गते ९ नं. को सम्पूर्ण बजार र यातायात बन्द गर्ने, १७ गते वडा कार्यालयमा ताला बन्दी गर्ने र माग सम्बोधन नभएमा थप संघर्षका कडा कार्यक्रमको घोषण गरिने संयोजक पुरीले जानकारी दिए ।
विभिन्न वहानामा वडा कार्यालयको भवन वडा अध्यक्ष रण बहादुर बोहोराले आफ्नो घर नजिक लिन खोजेको भन्दै त्यहाँका स्थानिय आक्रोसित भएका छन् । पूर्व गाविस भवनको २ रोपनी जमिन भजनिया पोेखरीमा भएको र आवश्यक जग्गा दिन तयार भएको, वडा अध्यक्षले वडा कार्यालयको भवन भजनियाम बन्छ भन्दै आश्वासन दिएकोले स्थनियले रु ४० हजार संकलन गरेर फिल्ड निर्माण गरेको, स्वास्थ्य चौकी, अतिरिक्त हुलाक कार्यालयको भजनिया पोखरीमा स्थापना भइसकेको, खानेपानी, बत्ति र मध्यपहाडी सडक सञ्जाल जोडिएको र वडा नं. ९का सबै बासीलाई पायक पर्ने ठाँउ भएको आधार हुँदा हुँदै पनि वडा अध्यक्षले जनता लडाउने काम गरेको स्थानियले आरोप लगाएका छन् ।
वडा अध्यक्षले जनता भड्काउने काम गरेको भन्दै वडा कार्यालयको भवन भजनियामा नै स्थापना गर्नुपर्ने भन्दै मदन पुरीको संयोजकत्वमा संघर्ष समिति बनाएका हुन । संघर्ष समितिमा राजेन्द्र सिहँ, तुल्छा पुरी , भक्त बुढा , भिमसेन पुरी , मोतीराम पुरी र प्रकास भट्ट सदस्य रहेका छन् । चुनावको बेला भोट माग्दै गर्दा हामीलाई भोट दिनुहोस हामी वडा कार्यालयको भवन भजनियामै बनाउँछौ भने हामीलाई झुक्याए अहिले हामीलाई लडाउने षड्न्त्र हुँदैछ हामीलाई सहिय नहुने संघर्ष समितिकी सदस्य तुल्छ पुरीले गुनासो पोखीन ।
अहिले मात्र नभई पहिले देखीनै साविकका जनतालाई पेल्ने र हेप्ने प्रवृति रहेकोले अव झुटा आस्वासन दिने कसैलाई पनि नेता मान्न नसकिने भन्दै संघर्ष समितिका संयोेजक मदन पुरीले आक्रोस पोखे ।
यस्तै ठुलो संघर्षका वावजुतका विच स्वस्थ्य चौकी स्थापना गरेको र वडा कार्यालयको भवन पनि भजनिया पोखरीमै स्थापना गरेरै छाड्ने पूर्व वडा अध्यक्ष समेत रहेको स्थानिय कासिराम बुढाको दाबी छ ।
स्थानिय सुरेन्द्र पुरीले वडा नं. ९ को सरकार उल्टो दिसा तिर हिड्न खोेजेको आरोप लागाए । उनले भने सरकारी कामकाज गर्न दुल्लू जानुपर्ने वाद्यता छ यहाँका जनतालाई दुख दिने हेतुले वडा कार्यालयको भवन सार्ने खेल भईरहेको छ ।
भन्ने वेला सिहंदरवारको अधिकार गाउँगाउँमा भने पनि वडा नं. ९को स्थानिय सरकाले जनता लडाउनु बाहेक नयाँ काम केही पनि गर्न नसकेको स्थानिय देबीराम रोकायको आरोप छ । ज्ञापन पत्रको बरेमा बुझ्दा वडा अध्यक्ष रण बहादुर बोहोराले स्थानियले बुझाएको ज्ञापन पत्रको बारेमा अहिलेनै केही भन्न नकिने भन्दै जवाफ दिए ।
नगर प्रमुख घनश्याम भण्डारीले वडाको केन्द्र त्यहाँका जनप्रतिनिधिको सवाल भएकोले उनीहरुले नै सहमतीको आधारमा वडाको केन्द्र छुट्यानु पर्ने बताए । सबैको सहमतीमा वडाको केन्द्र निर्धारण हुनेमा भण्डारीको विश्वास छ । प्रमुख भण्डारीले भने यस्तै समस्या वडा नं. ३ मा पनि विभाद भएको र त्यहाँका जनप्रतिनिधिकै सहमतिमा केन्द्र निर्धारण भएको बताए ।

प्रतिक्रिया