द्धन्द्धपीडित बालकको डाक्टर बन्ने सपना

द्धन्द्धपीडित बालकको डाक्टर बन्ने सपना

दैलेख- जन्मेको २ बर्ष २७ दिन मात्र भएको थियो, आमाको काख छुट्यो, चरम द्धन्द्धको समय भएका कारण नाबालक राजन रिजाल २०६१ सालमा बाबुसँगै सुर्खेतको चिगाड जंगलमा स्थापना गरिएको बाल शिशु स्याहारमा पुगे । त्यहीबाट उनको पढाई सुरु भयो बाल्यकालमै बिभिन्न स्थानहरुमा यस्तैगरी भूमिगत जीवन बिताएका दैलेखको महावु गाउँपालिका ५ गडिगाउँका १५ बर्षका राजन रिजालले यसपालीको एसइई परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई पास हुन सफल भएका छन् । भूमिगत जीवन पछि तत्कालिन माओवादी सरकारको पहलमा स्थापना गरिएको सहिद आवासिय विद्यालय दाङमा २०६६ सालमा रिजाललाई कक्षा ३ मा भर्ना गरिएको थियो । आर्थिक अवस्था निकै कमजोर भएका रिजालको निशुल्क पठन पाठन भयो, सोही विद्यालयबाटै उनले यस बर्षको एसइई परिक्षामा ३.७५ जि.पि.ए (ए प्लस) ९३.७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् । उनको कुल अंक ७४२ आएको छ ।

सामुदायिक विद्यालयबाटै राम्रो अंक ल्याएका द्धन्द्धपीडित रिजालले आफुले डाक्टर बन्ने सपना भएको बताए । पारिवारिक अवस्था नाजुक भएकोले पढाई खर्चकालागि आर्थिक जुटाउन निकै सकस हुने उनका बुवा नविन रिजाल बताउँछन् । तत्कालिन द्धन्द्धकै अवस्थामा द्धन्द्धपत्रकारिता सुरु गरेका राजनका बुवा नविन रिजाल आफुपनि द्धन्द्ध पीडत हुन् । अहिले पनि उनी घाईते जीवन बिताइरहेका छन् । अहिले पनि राष्ट्रिय समाचार समितिमा दैलेख संवाददाताका रुपमा काम गर्छन् । सदरमुकाम दैलेख बजारमा कोठा भाडामा लिएर जेनतेन दैनिक गुजारा चलाएका नविन रिजाल अहिले छोराको ईच्छा पुरा गराउन सरकार वा अन्य निकायहरुबाटै सहयोग भएमात्र संभव हुने बताउँछन् । राम्रो क्याम्पसमा पढाउन पैसा छैन्, निशुल्कका लागि कसैले सहयोग गरिदिए छोराको ईच्छा पुरा हुने थियो रिजालले भने ।

प्रतिक्रिया