विव्यस अध्यक्षको दवाव नमान्दा ल्याव सहायकको जागिर गुम्यो

विव्यस अध्यक्षको दवाव नमान्दा ल्याव सहायकको जागिर गुम्यो

काम चित्त नबुझेपछि हटाएका हौ–विद्यालय


दैलेख – विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दवाव नमान्दा ल्याव सहायकको जागिर गुमेको छ । बिजया माध्यामिक विद्यालय दुल्लुमा ल्याव सहायकको रुपमा काम गर्दै आएका जाजरकोट बारेकोटका महेन्द्र बिक्रम शाहीको जागिरबाट निकालिएको हो । आफुले ईमान्दार काम गर्दाखेरी रिसको भरमा आफ्नो जागिर गुमेको भन्दै शाही अहिले शिक्षकका बिभिन्न संघ संस्था, पत्रकार समक्ष न्याय दिलाइदिन आग्रह गरेका छन् ।
शिक्षक शाहीले भने “विद्यालयमा ९ लाखको सामग्री खरिद गर्नुपर्ने थियो, अध्यक्षद्धारा सामान खरिद गरिएको बिवरण धेरै आयो सामान कम आयो, मैले भरपाई गरेर बुझ्नुपर्ने दवाव आएपछि हस्ताक्षर गर्न मानिन्, सामान कम आएको भन्दै बाहिर हल्ला भयो, दुल्लू नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा छानवीन समिति बन्यो छानवीन पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको टोलिले रकम फिर्ता ग¥यो ।”
९ महिना अघि जिल्ला शिक्षा कार्यालय मार्फत आर्थीक बर्ष २०७४÷०७५ का लागि साईन्स ल्याव र कृषि ल्यावका लागि ९ लाखको सामान काठमाण्डौं तथा नेपालगंजबाट टेण्डरमार्फत खरिद गर्नुपर्ने जिम्मा बिद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष टंक रिमाल, र प्रधानाध्यापक केशवबहादुर भण्डारीले लगेका थिए ।
उनिहरुले ल्याएका सामानहरु कम थिए बिवरण धेरै भयो मैले आफुले बुझेका सामानहरुको बिवरण छुट्टै राखेको थिए । उनिहरुले तपसिल बमोजिम ठिक छन् भनि नआएका समानहरुमा समेत हस्ताक्षर गरिएको बिवरण समेत पीडित शिक्षक शाहीले बुझाएका छन् । शाहीका अनुसार छानवीन पछि ९ लाखको सामान खरिद पछि अपुग भएको सामग्री मध्येको ५ लाख ४४ हजार रकम सम्वन्धित सवैबाट असुल गरिएको छ ।
विद्यालयको आन्तरिक कुरालाई सहमती नगरेको भन्ने रिसमा २०७४ साल कात्तिक २५ गतेदेखि हालसम्म ८५ पिरेड पढाएको रकम समेत नदिएको महेन्द्र बिक्रम शाहीले गुनासो गरेका छन् । विगत दुई साताअघि पढाएको पैसा माग्ने बिषयमा भनाभन भयो उनले भने “मैले आफुले रकम नपाए ल्यावको सामान बेचेर भएपनि असुल गर्छु भनेर मात्र के भनेको थिएँ विद्यालयका प्र.अ.ले समेत ल्यावमा अर्को ताला लगाएर प्रहरीलाई खवर गरियो, आफै ताला लगाउने र आफैले प्रहरी बोलाएर मलाई कागज गराएर झनै अन्याय गर्ने काम भएको छ ।” टाढाको मान्छे भएकोले मलाई ज्यान मार्ने सम्मको धम्कि आएको शाहीको गुनासो छ । आफु न्यायका लागि उच्च अदालत सुर्खेत सम्म पुग्ने उनले बताए । करारमा जागिर खाँदा समेत विद्यालयका प्र.अ.ले आफुसँग रकम मागेको र तीनमहिनासम्म रमक नदिएपछि नियुक्ति नदिएको र अन्तिममा १२ हजार रकम दिएपछि मात्र नियुक्त बुझेकोले अहिले व्याज सहित १२ हजार फिर्ता मागेको शाहीको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक रिमालले विद्यालयको मर्यादा भन्दा बाहिर रहेर काम गरेको र सन्तोषजनक काम नभएपछि स्पष्टिकरण सोधेर उनलाई जागिरबाट हटाईएको बताएका छन् । जागिर हटाएको रिसमा हामिलाई अनावश्यक आरोप लगाएको रिमालको प्रतिक्रिया छ । उहाँ जसरी प्रस्तुत हुनुहुन्छ हामी पनि त्यसरीनै अगाडी बढ्ने तयारीमा छौं, रिमालले भने ।
बिजया मा.वि. दुल्लुका प्राचार्य केशव भण्डारीले करारमा जागिर खुवाउँदा रकम मागेको भन्ने आरोप निराधार रहेको बताएका छन् । अहिले हामीमाथि रिस पोख्ने बाहना हो । जागिर प्रक्रिया अनुसार हटेको छ, भण्डारीले भने । सामान्य छलफल चलिरहेको थियो ल्याव सहायक महेन्द्र शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग हातपात गर्न पुगेपछि विद्यालय परिवारले हटाएको भण्डारीले बताए ।
(धमाका दैनिक बाट साभार)

प्रतिक्रिया