कर्णाली प्रदेश सभामा सतापक्ष नै प्रतिपक्षमा देखिए

कर्णाली प्रदेश सभामा सतापक्ष नै प्रतिपक्षमा देखिए

सुर्खेत- कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरुले प्रतिप्रक्षको भुमिकामा टिप्पणी गरेका छन् ।

विनियोजन विधेयक अन्तरगत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शिर्षकहरुमाथि शनिबार भएको दफावार छलफलमा प्रदेश सभा सदस्यहरुले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् ।

छलफलका क्रममा सत्तापक्षिय सांसद अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको भन्दै आलोचना गरेका छन ।“बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उनले भने । आमुख नेता, मन्त्रीका खल्तीबाट योजना छानिएको भन्दै उनले कर्णाली प्रदेश सरकारले प्रकाशित गरेको रातो किताब नमान्ने चेतावनी दिए ।

सांसदहरुको सुझावको उपेक्षा गरिएको भन्दै सांसद थापाले सरकारले कार्यशैलिको सुधार गर्नपर्ने वताए । सरकारले रातो किताबमा ल्याएका योजनाका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको उनको प्रतिक्रिया थियो । गाँउमा जनताले योजनाका बारेमा सोध्दा सरकारको कमजोरीका कारण आफनो निर्वाचन क्षेत्रमा भएका योजना भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।

सत्तापक्षकै सांसद गणेशप्रसाद सिंहले मितव्ययिताको सिद्धान्त विपरित रातो किताब ल्याईएको आरोप लगाए । “आम सरोकारवालाका निमित्त अस्पष्ट र अपारदर्शी छ, रातो किताब ल्याउनमै खर्च बढी छ, सरल भाषामा रातो किताब आएन” उनले भने ।

नेता र सरकारमुखी रातो किताब भएको भन्दै उनले सरकारको बजेटलाई पजनीमुखी रातो किताबको रुपमा व्याख्या गरे ।कर्णाली प्रदेशका सांसदहरु मन्त्रीहरुका लागि नोकर नभएको भन्दै सरकारले ल्याएका सबै कार्यक्रमको आँखा चिम्लेर समर्थन नगर्ने जिकिर गरे ।

छलफलमा वोल्दै सांसद सिंहले भने अकर्मण्यतामा बजेट आएको छ ,जनप्रतिनिधिको भावना विपरित रातो किताब ल्याईएको छ यो कसरी जनताको पक्षमा हुन्छ । रातो किताब योजनाको स्पष्ट विवरण हो भन्ने कुरा प्रदेश सरकारलाई स्मरण गर्न उनले सुझाव दिए ।सरकारले ल्याएको रातो किताबमा आफ्ना योजना खोजेर पाईदैन, रातो कितावको सटा खैरो किताव आयो जनतालाई योजनाका वारेमा के भन्ने उनले सरकारलाई प्रश्न गरे ।

सरकारले वजेटका वारेमा सांसदहरवाट सल्लाह सुझाव माग्ने गरेको तर सुझावको कार्यन्वयन नगरी जनतामुखि नभइ चाकडी मुखी,नेतामुखि र मन्त्रीमुखि बनाएकोमा बजेट तथा रातो किताव संशोधन गर्न सुझाव दिए ।

प्रतिक्रिया