कर्णाली राजमार्ग  तीन दिनदेखि अवरुद्ध

कर्णाली राजमार्ग  तीन दिनदेखि अवरुद्ध

गगनेखोला -कालीकोट- अविरल वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । कालीकोट र दैलेखको सिमानानजिकै कालिका गाउँपालिका–१, गगनेखोलामा एक किलोमिटर माथिबाट पहिरो खसेको हो । सडक थुनिएपछि यात्रुको बिचल्ली छ । तीन दिनदेखि बाटैमा अलपत्र परेको मुगुबाट आएका हीरा बोहराले बताए ।

सडक थुनिएपछि यात्रुको बिचल्ली छ । तीन दिनदेखि बाटैमा अलपत्र परेको मुगुबाट आएका हीरा बोहराले बताए । ‘नेपालगन्ज हिँडेको तीन दिन भइसक्यो, अझ कहिले खुल्ने हो थाहा छैन,’ उनले भने ।

सडक खुलाउन एक्साभेटर चलाइए पनि माथिबाट पहिरो खस्नेक्रम रोकिएको छैन । करिब दुई सयको संख्यामा बस, ट्रक, मिनीटाटा, ट्रयाक्टर, जिप दैखोला, गगनेखोला, हुल्म, मान्म, गल्ली, राँचुलीलगायत ठाउँमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । गगनेखोलाको सय मिटर चौडा पहिरो पानी पर्नेबित्तिकै झर्ने गर्छ।

पहिरोले कालिका–१, छातीगाउँका ११ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । कालीकोट खण्डको खाँडाचक्र–४ मा पर्ने छेका, तिलागुफा नगरपालिका–४ मा पर्ने राँचुली, कर्णाली करिडोरको लालीघाट भौरुकुना, रेंगिल, नानीकोटको भुराबगर, सिमलगायत ठाउँमा पनि पहिरो गएको प्रजिअ चन्द्रनाथ गौतमले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पन्छाउन सुर्खेत–जुम्ला सडक कार्यालय, कर्णाली करिडोर निर्माण कार्य दल र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया