सार्वजनिक सुनुवाईमा पाँच बुँदे प्रतिबद्धता

सार्वजनिक सुनुवाईमा पाँच बुँदे प्रतिबद्धता

दैलेख असार २० ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ नं. वडा कार्यालयले पाँच बुुँदे साझा प्रतिबद्धता घोषणा गर्दै सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा कार्यालयबाट आर्थीक बर्ष २०७४/०७५ मा गरेका कार्यसम्पादन तथा गुणस्तरिय विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
वडा कार्यालय र विषयगत कार्यालयबाट प्रदान गरिएको गुणस्तरिय विकास कार्यक्रम विषयक सार्वजनिक सुनुवाईमा वडा कार्यालयबाट संचालन हुने विकास आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई आगामी आर्थीक बर्षहरुमा हुने सार्वजनिक सुनुवाई र सार्वजनिक परिक्षण कार्यक्रममा अनिवार्य सहभागि गराउने प्रतिबद्धता गरिएको छ ।

यस्तै संचालित योजनाहरुको अनिवार्य रुपमा सार्वजनिक परिक्षण गर्ने प्रतिबद्धता गरिएको छ । उपभोक्ता समितिबाट संचालन गरिएका विकासका योजनाहरुमा विभिन्न विवादहरु आएको भन्दै वडा कार्यालयले आगामी बर्ष देखि ठेक्का प्रक्रिया मार्फत विकासका योजनाहरु संचालन गर्न पहल गर्ने भएको छ । वडा कार्यालयले आगामी बर्ष संचालन हुने योजनाहरुको काम गर्न स्थानीय उपभोक्ताहरु अग्रसर भएको खण्डमा डोजर चलाउन बन्द गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरि वडा कार्यालय र विषयगत कार्यालयबाट प्रवाह गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष राजु कुमार खत्रीले वडा भित्रका सम्पूर्ण नागरिकहरुले स्थानीय सरकारको अनुभुती दिलाउने गरि काम अघि बढाएको जानकारी    दिए । उनले वडा भित्र सडक, खानेपानी, सिचाई, विद्युत, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाए ।

प्रतिक्रिया