युवा प्रतिभा र उद्यमीलाई प्रोत्साहन

युवा प्रतिभा र उद्यमीलाई प्रोत्साहन

दैलेख असार २१ ।
जिल्ला युवा समिति दैलेखको बार्षिक कार्यक्रम अन्तर्गत युवा प्रतिभा तथा युवा उघमीको खोजि र उनिहरूको कार्यलाइ प्रोत्साहन कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा दखल राख्ने युवाहरुलाई सम्मान गरेको छ । युवाहरुको प्रतिभा पहिचान तथा उद्यमीको खोजी गरी उनीहरुको कार्यलाई प्रोत्साहन गर्नका लागि बिभिन्न बिषयमा दखल राख्ने युवाहरुलाई सम्मान गरिएको हो । जिल्ला युवा समिति दैलेखको कार्यालयमा आयोजित कार्यक्रममा दैलेखी साबर छालाको बस्तु निर्माण गरि आत्मनिर्भर युवाको रुपमा बयलकोटी शु–सेन्टरका संचालक शंकर बयलकोटीलाई सम्मान गरिएको छ ।
यस्तै युवा सशक्तिकरण तथा नेतृत्व विकासमा युवा सहभागिता र परिचालनको क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै टेकराज आचार्यलाई सम्मान गरिएको छ ।

यसैगरि दैलेख जिल्लामा सहकारी संस्था मार्फत युवालाई स्वरोगजार बनाउन उल्लेख्खनीय भूमिका खेलेको भन्दै गोठपाँडा कृषि सहकारी संस्थाका अध्यक्ष मुना कुमारी थापालाई सम्मान गरिएको जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालले बताए । विभिन्न क्षेत्रमा दखल राख्ने युवाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगद ७ हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
यसैविच जिल्ला युवा समितिको कार्यालय दैलेखले युवाप्रतिभा पहिचान तर्फ “समृद्ध नेपाल सुखी नेपाली” अभियानमा युवाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा तेजबहादुर थापा प्रथम भएका छन् । यस्तै सुरेन्दु गुरूड द्धितिय भएका छन् भने मुकेश दाहाल तृतिय भएको जिल्ला युवा समितिको कार्यालय दैलेखका कम्प्युटर अपरेटर अजय श्रेष्ठले बताए । बक्तृत्वकला प्रतियोगितामा नम्रता रेग्मी सान्तोना भएको श्रेष्ठले जानकारी दिए ।
सोहि अबसरमा नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर थापाले युवाहरु समुद्ध नेपाल निर्माणमा बलियो खम्बा भएको औल्याउदै नारायण नगरपालिकाले समेत युवाहरुलाई रोजगार सृजना गर्ने खालका कार्यक्रमहरु संचालनमा ल्याउन लागेको बताए । जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालले युवाहरुको प्रतिभा पहिचान तथा उद्यमीको खोजी गरी उनीहरुको कार्यलाई प्रोत्साहन गर्नका लागि बिभिन्न बिषयमा दखल राख्ने युवाहरुको खोजी गरि सम्मान गरिएको बताए ।

प्रतिक्रिया