बाल विवाह न्यूनिकरणमा स्थानीय तह

बाल विवाह न्यूनिकरणमा स्थानीय तह

दैलेख जिल्लामा बालबिवाहका घटनाहरु दिनप्रतिदिन बाहिर आउन सुरु गरेका छन् । कानुनी कुराको जनकारी र चेतनामा कमि भएका कारण गाउँघरमै लुकेर रहेका बालविवाहका घटनाहरु आजभोली धमाधम बाहिर आउन थालेका छन् । बालबिवाह न्यूनिकरणका लागि सरकारी र गैरसरकारी संस्थाबाट बिभिन्न प्रयास भएपनि न्यूनीकरणमा कमी नआएका बेला स्थानीय सकारले त्यसको चासो लिएर काम गर्न थालेका छन । नारायण नगरपालिकाले वाल विवाह न्यूनिकरणका लागि सचेतना फैलाउने अभियान अन्तर्गत वडा नंं। ७ किमुगाँउमा बाल बिवाह न्युनिकरण सम्बन्धि अनुशिक्षण सम्पन्न गरेको छ ।
अनुशिक्षण कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले बाल बिवाहका कारण धेरै जना किशोरी र बच्चा दुबैको ज्यान जोखिममा पर्ने गरेको बताए । उम्मेर नपुगि बिवाह गर्दा शारीरिक र मानसिक रुपमा कमजोर हुने कुरालाई ध्यानमा राखेर नगर भरी यस्ता अभियानहरु संचालन गर्ने बताए । यो वर्षदेखि यस्ता सचेतना अभियानका कार्यक्रम संचालन गर्न आवश्यक बजेट बिनियोजन गर्ने खड्काले जानकारी दिएका छन् । बाल बिवाह , बाल श्रम र बाल अधिकार,बाल बिवाह गर्दा हुने सजाय र कानूनका बिषयमा क्रमस नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, सुचना अधिकारी निरक रावल र अधिकारकर्मी रमा श्रेष्ठले प्रशिक्षण दिएका थिए । अनुशिक्षणमा वडा सदस्य र वडामा अन्य ६० जना व्यक्तिहरुको सअभागिता रहेको थियो ।

प्रतिक्रिया