अब मजदुरको न्युनतम तलब १४ हजार २ सय

अब मजदुरको न्युनतम तलब १४ हजार २ सय

बैंक खाता र सञ्चय कोष अनिवार्य

काठमाडौं – सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।

यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपेर १४ हजार २ सय रुपैयाँ बनाउने निर्णय गरेको हो । यस वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुँदा मजदुरको नयाँ तलब झण्डै १७ हजार पुग्नेछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया