विकास निर्माणमा ९८ प्रतिशत खर्च

विकास निर्माणमा ९८ प्रतिशत खर्च

चामुण्डा,दैलेख असार २७,
विकास निर्माणलाई दुत्र गति अघि बढाईएको चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख सर्यबहादुर शाहीले बताएका छन । मंगलबार तेश्रो आँखा दैनिकको सहजिकरण र चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन ।
चालु आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाले ९८ प्रतिशत विकासे बजेट खर्च गरिसकेको उनले बताए ।

विकास निर्माणमा २ प्रतिशत बजेट मात्र भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए । समृद्धि नगरपालिका निर्माण लागि नगरपालिकाले नगरपार्क निर्माण कार्यलाई दु्रत गतिमा काम गरिरहेको जानकारी दिए । यस्तै नगर स्तरी खैलमैदान, विन्द्रासैनीमा ट्रक पार्क, वडा नं. १ को बसपार्क काम भईरहेको उनले बताए । नगरपालिकाको खानेपानी समस्या समधान गर्नका लागि कर्णाली नदीबाट पानी लिफ्टिङ्ग गरी पानी ल्याउने योजनाको डिपिआर तयार भईसकको उनले जानकारी दिए ।

आगामी वर्षको बजेट छुटाएर खानेपानीको समस्यालाई तत्काल समधान गरिने उनको भनाई छ । यसैगरी कार्यक्रमका सहभागीहरुले कर्मचारी प्रशासनबाट कार्यसम्पादनमा केही ढिला सुस्ती भएको आरोप लगाए । आगामी दिनमा विकास निर्माणसंगै कर्मचारी प्रशासनको कार्य सम्पादनलाई चुस्त दु्रस्त बनाउन सुझाव समेत दिए । कार्यक्रमका सहभागीहरुले राजनीति पुर्वग्राही नराखी विकास निर्माणलाई तिव्रता दिन आग्रह गरे । सहभागीहरुले साधेको प्रश्नको जवाफ दिदै नगर प्रमुख शाहीले कर्मचारी अभावका कारणले गर्दा कार्य सम्पादन ढिलाई भएको बताए । हाल नगर नगरपालिकाका ९ वटै वडा कार्यालयमा सचिवको दरबन्दी विहिन रहेको उनले जानकारी दिए ।
यसैगरी नगर उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले मदिराका कारणले गर्दा महिला हिंसा हुने गरेको बताईन । न्याय समितिमा आउने मुद्धाहरुलाई अनुसन्धान गर्दा अधिकांस मुद्धाहरु मदिराकै कारणले हुने गरेको उनको भनाई छ ।

चालु आर्थिक वर्ष २०७४/०७५ मा न्यायिक समितिमा झण्डै १ सय निवेदनहरु आएका थिए । जसमध्य धेरै जसो घरेलु हिसांका निवेदनहरु दर्ता भएको उनले जानकारी दिईन । न्यायिक समिति राजनीति पुर्वाग्राही नराखी न्याय सम्पादन गरेको उनले दावी गरिन् । आगामीमा इजसाल खडा गरी न्याय सम्पादनलाई अझै व्यवस्थित बनाउने उनको भनाई छ ।

साथै कर्मचारी अभावका कारणले गर्दापनि काम गर्दा केही ढिलाई र अप्ठ्यरो भएको उनले बताईन । चामुण्डाविन्द्रासैनी नगरपालिकाले चालु आर्थिक वर्षमा ८५ प्रतिशत खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली जानकारी दिए । अब १५ प्रतिशत बजेट मात्र खर्च हुन बाँकी रहेको उनले बताए । चालु आर्थिक वर्ष २०७४/०७५ नगरपालिकाले २८ करोड १२ लाख ६ हजार २७ रुपैयाँ बजेट विनियोजित गरेको थियो । यसैगरी सबै वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ विनियोजित विकाससे बजेट खर्च भईसको जनाईएको छ ।

प्रतिक्रिया