संरक्षणको अभावमा पादुका

संरक्षणको अभावमा पादुका

दैलेख – पंचकोशी तिर्थस्थलको अन्तिम महत्वपूर्ण क्षेत्र हो पादुका । प्राचिन सम्पदाका रुपमा रहेका मर्तीहरु यत्रतत्र छरिएर रहेका छन् पादुकामा । यहाँ रहेको मन्दिर बाढीले भत्काएपछि केही मुर्तीहरु बाहिरै छन् । बाहिरी क्षेत्रमा रहेका मुर्तीहरु पनि छरिएर रहेका छन् । पादुका पुग्नेहरु गेटदेखी मन्दिर र चौरमै खुलेआम मुर्तीहरु अब्यवस्थीत छरिएको हेर्न सकिन्छ । पर्यटन विभाग र पुरातात्विक कार्यालयबाट यहाँका मुर्तीहरु संरक्षणमा चासो दिईएको छैन् ।

दुल्लुनगारपालिकाले पादुकामा रहेको धन्नै २ सय मुर्तीहरुलाई पर्यटकिय गुरुयोजना बनाएर सवैले हेर्न मिल्नेगरि संंरक्षण गरेर राख्ने नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘अहिले मुर्तीहरु छरिएर रहेका छन् ।’ नगरप्रमुख भण्डारीले भने, गुरुयोजना बनेपछि नगरपालिकाले संरक्षण गर्नेछ ।’ यहाँका महत्वपूर्ण मुर्तीहरु चोरी भएको आंशका गरिएको छ । मन्दिर क्षेत्रभित्र छरिएर रहेका मुर्तीहरु आफ्नै महत्व रहेको छ । आस्थाको धरोहर पादुकामा साना ठुला गरि धन्नै २ सय मुर्ती छरिएर रहेको छन् ।

पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहार समेत रहेको त्यहाँका अवशेसहरुले देखाएका छन् । श्रीस्थान र नाविस्थान जस्तै पादुका मन्दिरमा पनी निरन्तर बल्ने ज्वाला मन्दिर रहेको भएपनी देबघाटको किनारमा रहेका कारण २०१३ सालमा आएको भिषण बाढीले बगाईदिएपछि हाल यस ठाउँमा ज्वाला बलेको छैन् ।

महत्वुर्ण मुर्तिहरु रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालिन शक्तिसाली शासक अशोक चल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुगाको स्तम्भमा ईं संं १२४० मा कुदिएको एसीयाकै दुर्लभ मानिने बुद्धको मुर्ती सँगै दुलर्भ चारहाते गणेशको मुर्ती समेत अवस्थित छ । पादुका धुलेश्वरबाट दुई घण्टा पैदल यात्रा गरि यस क्षेत्रमा पुगीन्छ । मध्यपहाडी लोकमार्ग भएर गएर १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ । धार्मिक र पुरातात्विक रुपमा निकै पादुका निकै महत्वपुर्ण मानिन्छ ।

स्वस्थानी वतकथा उल्लेख भएअनुसार सत्ययुगमा माहादेवकी पत्नी सत्तिदेवीको मृत्यु भएपछि महादेवले सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीको हडी पतन भई ढुगेश्वर कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नावि पतन भई नाविस्थान, पाऊ पतन भई पादुका, र बाँकी अंस पतन भई धुलेश्वर सक्ती पिठहरु रहन गएको भन्ने उल्लेख गरिएको छ । पंचकोशी तिर्थ यात्रा पुरा गरे जिवनमा गरेका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

स्रोत -पश्चिमनेपाल

प्रतिक्रिया