रुकुममा बस दुर्घटना : एकको मृत्यु,१६ घाईते

रुकुममा बस दुर्घटना : एकको मृत्यु,१६ घाईते

रुकुम असार २९।
रुकुमको सल्लेबाट मुसिकोट आउँदै गरेको ना. ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मुसिकोट नगरपालिका १ छिङकी सपना मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रहरी प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार गाडिमा सवार १६ जना घाईते भएका छन् । घाईतेहरु अधिकांश मुसिकोट नगरपालिका १ छिङका रहेका छन् ।

जसमा सपना मल्लकी छोरी, चन्द्र विक, देवी केसी, विष्णु वुढाथोकी,अन्जु भण्डारी,झरणा थापा, विष्णु खड्का, दिपीका बुढाथोकी, जेनिस ओली, अमृता ओली, मनिषा विसी थलबहादुर विक, जेनेसी चन्द, कमला चन्द, प्रवेश थापा र नविना थापा रहेका प्रहरीले जनाएको छ । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

प्रतिक्रिया