चामुण्डाले बनायो ८ कानून, मदिरा सेवन गर्नेलाई कारवाही, प्राविधिकलाई रोजगार

चामुण्डाले बनायो ८ कानून, मदिरा सेवन गर्नेलाई कारवाही, प्राविधिकलाई रोजगार

मदन विक, चामुण्डा ।
चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले मदिरा सेवन गर्ने अवैद्य रुपमा विक्रि गर्ने दुवैलाई कारवाही गर्ने भएको छ । शनिबार बसेको नगर सभा बैठकले समाजमा शान्ति सुरक्षा कायम गर्न मदिरा नियन्त्रण कार्यविधि पास गरी यस्तो कानून बनाएको हो । विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले पशे गरेको मदिरा नियन्त्रण विद्येयक–२०७५ सर्वसम्मत पारित गरिएको थियो ।

नगर क्षेत्रभित्र घरेलु मदिरा विक्रि वितरण गर्ने, घरेलु मदिरा उत्पादन प्रयोग हुने सामाग्री प्रयोग गरेको खण्डमा नगरपालिकाबाट प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित गरिनुका साथै आर्थिक जरिवाना गरिने विद्येयक समितिका संयोजक शाहीले पेश गरेकोको कार्यविधिमा उल्लेख छ ।

यसैगरी कार्यविधि लागु भएको मितिले पहिलो पटक मदिरा विक्रि वितरण गरेको खण्डमा ३ हजार, दोश्रो पटक, ५ हजार, तेश्रो पटक १० हजार र चौंथो पटक विक्रि वितरण गरेको पाइएमा १५ हजार सम्म जरिवाना गर्ने व्यवस्था छ ।

यस्तै मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने व्यक्तिलाई पहिलो पटक १ हजार ५ सय, दोश्रो पटक २ हजार ५ सय, तेश्रो पटक ३ हजार ५ सय र चौंथो पटक मदिरा सेवन गर्ने व्यक्तिलाइृ ५ हजार जरिवाना गरिनुका साथै नगरपालिकाबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित गरिने कार्यविधिमा उल्लेखत छ ।

नगर प्रमुख सुर्यबहादुर शाहीले मदिरा नियन्त्रण गर्दै नगरपालिकालाई मदिरा निषेध गरिने बताए । नागरिकहरुलाई शान्ति सुरक्षा कायम गर्नका लागि मदिरा नियन्त्रण कार्यविधि पास गरिएको उनले बताए ।

यसैगरी प्राविधिक शिक्षा अध्ययन गरी सकेका युवाहरुलाई सिप र ज्ञानलाई नगरपालिकाको समग्र विकासमा जोड्न र रोजगार सिर्जना गर्नका लागि स्वयंसेवक परिचालन ९संचालन कार्यविधि० सम्बन्धि ऐन–२०७५ सर्वसम्मत पारित गरिएको छ । अब प्राविधिक विषयमा एमविविएस डाक्कर, विएससि नर्सिङ्ग, विफार्मेसि बिई इन्जिरियर र विएसी एजी स्नातक तह उत्र्तिण गरेका युवाहरुलाई रोजगारी दिने स्वयंसेवक परिचालन ऐनमा उल्लेख छ ।

यसैगरी मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राविधिक विषयमा प्रविणता प्रमाणपत्र तह, एच ए, स्टाफनर्स, ल्याब टेक्निशियन, फार्मेसी सुपरभाईजर , रेडियोग्राफर र जेटीहरुलाई रोजगार दिने व्यवस्था गरिने नगर प्रमुख शाहीले जानकारी दिए ।

प्राविधिक विषयमा एसएलसी उत्तिर्ण गरेका युवाहरुलाई पनि रोजगारि दिने कार्यविधिमा उल्लेख छ । यसैगरी व्यवसाय कर नियमावली २०७५, भवन निर्माण सम्बन्धी मापदण्ड र भवन निर्माण अनुमति तथा नक्शा पसा सम्बन्धी कार्यविधि २०७५, अनाथ तथा जोखिम बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम ९सञ्चालन कार्यविधि० सम्बन्धमा व्यवस्था गर्न बनेका ऐन–२०७५, चामुण्डाविन्द्रासैनी नगरपालिका एक वन एक जनप्रतिनिधि वन संरक्षण कार्यक्रम संचालन कार्यविधि २०७५ र चामुण्डाविन्द्रासैनी नगरपालिका एम्बुलेन्स संचालन कार्यविधि २०७५ सर्वसम्मत पारित गरिएको छ ।

प्रतिक्रिया