दुल्लु नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

दुल्लु नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

निरक शाही
दैलेख (दुल्लू) – दुल्लू नगरपालिकाको आर्थिक वर्ष ०७५/०७६ को दोस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार भएको नगरसभामा दुल्लू नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षले नगरसभामा प्रस्तुत गरेको वजेटमाथि छलफल सहित सभाबाट पारित भएको छ । नगरसभामा भागलिएका नगरसभा सदस्य ले दुल्लु नगरपालिकाको बजार क्षेत्रमा रहेको फोहोरलाई ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

सभामा सदस्य दिपेन्द्र मेनालले सहरको र गाउँको ब्यापारमा एकरुपता बनाउनको लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउँदैं उनले नगरसभाका सदस्यको परिचय पत्रको व्यवस्थापन गरिनु पर्ने उल्लेख गरे ।
यस्तै सदस्य यम बहादुर भण्डारीले देबी मावि बिनायकमा रहेको भौतिक, आर्थिक र शिक्षक दरवन्दिको टुङ्गो समयमै लगाएर पठनपाठनमा सहज बनाउनु पर्ने बताए । उनले विषयगत कार्यालयहरुले आफ्ना कार्यक्रमहरु असारमा गर्नु भन्दा समयमै सञ्चालन गनुपर्नेमा नगरसभाको ध्यानाकाषर्ण गराए ।
सदस्य मणिराम खड्काले नगरपालिकाले दण्द्व पिडितहरुका समस्यालाई विर्सेकोमा दुख ब्यक्त गर्दै उनले भने ‘प्रदेश सरकारले निर्धारण गरेको निर्वाचित सदस्यहरुको तलवमा भेदभाव गरेकोमा समानताल्यानुपर्ने माग गरे ।’
यस्तै तर्क खड्काले अहिले नगरमा जथाभावी सडक खन्ने काम भइरहेको भन्दै गुरुयोजना बनाएर मात्र सडक निर्माणमा ध्यान दिनु पर्ने बताए । खड्काले गाउँमा विद्यालयको नाममा मावि निमावी फेसन भएकोले नितिगत निर्णय गरेर समस्या समाधान गर्नु पर्ने बताए ।
धर्म बहादुर कार्कीले नगरले समयमै बजारको अनुगमन गरी मदिराको नियन्त्रण गर्नु पर्ने बताए । कार्कीले भने स्वास्थ्य चौकी नभएका वडामा तत्काल स्वास्थ्य चौकीको स्थापना गर्न सुझाव दिए । यस्तै सदस्य डम्मर खड्काले वजारमा फोहोरको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण , दुल्लू अस्पतनालको एम्वुलेन्स तत्काल सञ्चालन र पुरातात्वीक सम्पदाको संरक्षमा नगरले ध्यान दिनु पर्ने बताइन । सदस्य मञ्जु विकले समिति बनउँदा जातिय र पाटीको विभेद हुने गरेको भन्दा यो परिपाटी अन्त्य गर्नुपर्नेमा नगरसभामा ध्यानाकषर्ण गराइन् ।

प्रतिक्रिया