कर्णालीमा औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन

कर्णालीमा औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन

सुर्खेत – कर्णाली प्रदेशस्तरिय औद्योगिक क्षेत्र स्थापना गर्नका लागि सुर्खेतको भेरीगंगा नगरपालिकामा पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । सुर्खेतको साटाखानी, भेरीगंगा नगरपालिका लगायतका क्षेत्रहरूमा स्थलगत अध्ययन थालिएको हो ।

औद्योगिक क्षेत्र स्थापनाका लागि एक हजार बिगाह जग्गा चाहिने भएपनि साटाखानीमा १ सय विगाह मात्र जग्गा रहेकोले पुनः भेरीगंगा नगरपालिकाको वडा नं। ६, ९, १० र ११ को बिच भागमा रहेको क्षेत्रको स्थलगत अध्ययन गरिएको हो ।

शनिबार मन्त्रीसहितको एक टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको हो । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री, भेरीगंगाका नगर प्रमुख भुपेन्द्रबहादुर चन्द, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेत लगायतको टोलीले स्थलगत अध्ययन गरेको हो ।

औद्योगिक क्षेत्रका लागि पूर्व सम्भाव्यता अध्ययन गर्न संघीय सरकारबाट ४० लाख रूपैयाँ विनियोजन भईसकेको छ । जसबाट विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन कार्यको थालनी गरिने लिमिटेडका अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया