थापा सहित ६ जना सम्मानित

थापा सहित ६ जना सम्मानित

दैलेख असार ३१ ।
राउटे सुदायलाई पहिचान सहितको परिचयपत्र वितरणसंगै समुदायमा स्वास्थ्य उपचारमा सहजता ल्याउन र उनिहरुको आनीवानीमा परिवर्तन ल्याउन र राउटे समुदायमा पोषण, बाल संरक्षण र शिक्षाको क्षेत्रमा काम गरेको भन्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा सम्मानित भएका छन् ।

शनिवार गुराँस गाउँपालिका–८ मा बस्दै आएका राउटे समुदायमा परिचयपत्र वितरण कार्यक्रममा थापालाई सम्मानित गरिएको हो । यस्तै राउटे समुदायमा परियोजना संचालनका लागि सहयोग गर्ने एईआईएन लक्जेम्वर्ग पनि सम्मानित भएको छ भने परियोजनाको सामाजिक सहजिकरण गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख पनि सम्मानित भएको छ ।

यसैगरि विगत लामो समय देखि राउटे समुदायको उत्थानमा काम गर्दै आएकी राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव डिलाराम पंथी र गोरखापत्र दैनिकका संवाददाता भक्त बहादुर शाही सम्मानित भएका छन् । पत्रकार शाहीले लामो समय देखि राउटे समुदायको उत्थानका लागि संचार क्षेत्रबाट सहयोग पु¥याउदै आएका थिए भने परिचय पत्र बनाउनका लागि समुदायका सबै नागरिकहरुको फोटो खिच्ने लगाएतका काममा सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया