एउटै खोरमा १३ सय कुखुरा मरे

एउटै खोरमा  १३ सय कुखुरा मरे


दैलेख–नारायण नगर पालिका वडा नम्बर ९ मा एउटै खोरमा रहेका करिब १३ सय कुखुरा मरेका छन् । नारायण नगर पालिका वडा नम्बर ९ मा रहेको रेग्मी पोल्र्टी फर्ममा रहेका ब्रोयलर कुखुरा मरेका हुन् ।

७ वष देखि कुखुरा पालन गर्दै आउनु भएका र्फमका सञ्चालन भिमप्रसाद रेग्मीले एक्कासी कुखुराका चल्ला मरेपछि आफु चिन्तित बनेको बताउनु भयो । कुखुरा मरेपछि ६ लाख भन्दा बढी क्षेती भएको भन्दै अन्य फमले पनि सर्तकता अपनाउनु पर्ने बताउनु भयो ।

स्थानीयवासी भिमप्रसाद रेग्मीले नगरपालिकामा ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने आंशका ब्यक्त गर्नु भयो ।आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसान रेग्मीले बताउनु भयो । त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, दैलेखका प्रमुख शितल बाबु क्षेष्ठले बाकी कुखुरा पनि मर्न सक्ने बताउनु भएको रेग्मीले बताउनु भयो । देशका विभिन्न भागमा बर्डफ्लुको जोखिम बढिरहेको छ ।

प्रतिक्रिया