सर्पको टोकाईबाट महिलाको मृत्य

सर्पको टोकाईबाट महिलाको मृत्य

दैलेख साउन ६ – दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिका–१ मा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । सात्तलाकी ३४ वर्षीया देउरुपा थापाको शनिबार राति बिषालु सर्पले डसेर मृत्यु भएको हो ।
सर्पले डेसेर बिरामी परेकी थापालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको स्थानीय जीतेन्द्र थापाले बताए । उनका अनुसार घरमा सुतिरहेको अवस्थामा थापालाई सर्पले डसेको थियो । तर आफन्तलाई राति २ बजे मात्र थाहा पाएपछि झारफुक गर्न लागेका थिए । झारफुक क्रममा बिरामी थापाको अवस्था झन् गम्भीर भएपछि उनलाई अस्पताल लगिएको थियो ।
अस्पताल नपुग्दै उनको मृत्यु भएको थापाले बताए । नजिकमा अस्पताल नहुँदा बर्सेनी सर्पको टोकाइबाट यहाँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया