सुस्तश्रवण र दृष्टिविहिन स्रोत कक्षालाई सामग्री प्रदान

सुस्तश्रवण र दृष्टिविहिन स्रोत कक्षालाई सामग्री प्रदान

 

दैलेख साउन ९ ।

जिल्लाको नारायण नगरपालिका ६ भुर्तीमा रहेको रेडक्रस माध्यामिक विद्यालयमा संचालित सुस्तश्रवण, बहिरा स्रोत कक्षा र दुल्लु नगरपालिका ७ किर्तीखम्बमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा संचालित दृष्टिविहिन स्रोत कक्षा (सांकेतिक भाषा) कक्षा पढाईका लागि सामग्री प्रदान गरिएको छ । रेडक्रस मावि र नेरा माविमा संचालित सुस्तश्रवण र बहिरा स्रोत कक्षा तथा दृष्टिविहिन स्रोत कक्षा (सांकेतिक भाषा) कक्षाका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

दुई वटा विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको हो । रेडक्रस माध्यामिक विद्यालयमा संचालित सुस्तश्रवण र बहिरा स्रोत कक्षाका लागि आवश्यक पर्ने सांकेतिक भाषाका चार्टहरु, ग्यास चुलो, प्रेसर कुकर, बालबालिकाहरुका लागि झुल हस्तान्तरण गरिएको हो । यस्तै खेलकुद तर्फका भलिबल, स्किपिङ लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।
यसैगरि दुल्लु नगरपालिका ७ किर्तीखम्बमा रहेको नेरा माध्यामिक विद्यालयमा संचालित दृष्टिविहिन स्रोत कक्षा (सांकेतिक भाषा) कक्षाका लागि ग्यास चुलो, प्रेसर कुकुर, ग्यास सिलिन्डर, बल्यांकेट, सिरक, डसना, रेडियो, डेक्ची, पजल वोर्ड, रनिङ्ग वोर्ड, अंग्रेजि अल्फावेट, नेपाली अल्फावेट (वोन्ड पेपर) प्रदान गरिएको हो ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित सहयात्रा परियोजनाले विद्यालयलाई सामग्री प्रदान गरेको हो । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले सामग्री हस्तान्तरण्ण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष थापाले विद्यालयलाई प्रदान गरिएको शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहि ढंगले प्रयोग गर्न आग्रह गरे ।

रेडक्रस माध्यामिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद रेग्मीले विद्यालयमा संचालित सुस्तश्रवण र बहिरा स्रोत कक्षाका लागि अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइदिने निकायलाई धन्यवाद दिए । यसैगरि नेरा माध्यामिक विद्यालयका प्रधानाध्यापक भुपालविक्रम शाहले विद्यालयमा सामग्री प्रदान गरेसंगै बालबालिकाहरुलाई अध्यापनमा सहयोग पुग्ने बताए । ¬दुई वटा विद्यालयमा संचालित स्रोत कक्षामा अध्यापन गर्न सहजता ल्याउनका लागि सामगग्री प्रदान गरिएको सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज विसीले बताए ।
नारायण नगरपालिका ६ मा रहेको रेडक्रस माध्यामिक विद्यालयमा संचालित सुस्तश्रवण र बहिरा स्रोत कक्षामा १४ जना बालबालिका अध्ययन गर्दै आएका छन् भने दुल्लु नगरपालिका ७ किर्तीखम्बमा रहेको नेरा माध्यामिक विद्यालयमा संचालित दृष्टिविहिन स्रोत कक्षा (सांकेतिक भाषा) कक्षामा २४ जना बालबालिका अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया