२२ बुँदे निणर्य गर्दै सोसेकको वार्षिक समिक्षा सकियो

२२ बुँदे निणर्य गर्दै सोसेकको वार्षिक समिक्षा सकियो

दैलेख साउन १२
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले २२ बुँदे निणर्यहरु गर्दै आफ्नो १३ औं वार्षिक समिक्षा, क्षमता विकास तथा रणनैतिक योजना तर्जूमा गोष्ठी सम्पन्न गरेको छ । आ.व. २०७४/७५ मा विभिन्न विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारीमा कर्णालीका दैलेख, कालिकोट र प्रदेश नं. ७ को अछाम जिल्लामा सञ्चालन भएको कार्यक्रम/परियोजना सहित संस्थाको आन्तरिक कोष तर्फका क्रियाकलापहरुबारे बार्षिक समिक्षा गर्दैै गोष्ठी सम्पन्न गरेको हो ।
दुई दिन सम्म संचालन भएको वार्षिक समिक्षा, क्षमता विकास तथा रणनैतिक योजना तर्जूमा गोष्ठीमा विभिन्न कार्यक्रम/परियोजनाहरु अन्तर्गतका क्रियाकलापहरुको वार्षिक प्रगतिबारे समिक्षा गरेको छ । यस्तै कार्यक्रम, परियोजना र संस्थागत उपलब्धी, समस्या, चुनौती, सफल अभ्यास, सिकाई, आगामी योजना तथा प्राथमिकताका क्षेत्र, सफलताका कथा, संस्थागत विकास, कर्मचारी क्षमता विकासका लागि गरिएका प्रयासहरु समेटिएका प्रस्तुतीकरण माथि छलफल संगै बार्षिक समिक्षा गरिएको छ ।
विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचलान भएका उत्थानशील जीविकोपार्जन सबलीकरणमा सामुदायिक पहल सुदृढीकरण परियोजना, सहयात्रा परियोजना, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, महिला, यूवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम, वाल हेल्पलाईन १०९८ (दश नौ आठ), आपतकालिन आश्रय स्थल महिला र वालवालिका केन्द्र, राउटे परियोजना, वालमैत्री स्थानीय शासन कार्यक्रम, अधिकारमूखि जीविकोपार्जन सुधार परियोजना, एकीकृत सामुदायिक विकास परियोजना, अनुगमन, मूल्यांकन, जवाफदेहिता र सिकाई अवधारणा, प्रशासन तथा लेखा शाखा, नेपाल जलवायू परिर्वतन सहयोग कार्यक्रमका क्रियाकलापहरु, आन्तरिक कोष तर्फका सञ्चालित क्रियाकलापहरु, संस्थाको जानकारी सहित संस्थागत प्रस्तुतीकरण गरिएको छ ।

गोष्ठिमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको केन्द्रीय कार्यसमिति, सचिवालय समिति, विभिन्न समिति, उपसमिति, कार्यदलको आ.व. २०७४/७६ को विभिन्न मितिमा बसेका बैठकहरुको निर्णयका साथै संस्था आवद्ध भएका राष्ट्रिय, क्षेत्रिय र जिल्ला स्तरीय सञ्जाल, समितिमा उपस्थितीको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
१३ औं वार्षिक समिक्षा, क्षमता विकास तथा रणनैतिक योजना तर्जूमा गोष्ठीले संस्थाद्वारा सञ्चालन गरिएका र गरिने कार्यक्रम/परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै नविनता ल्याउन पहल गर्ने लगाएतका २२ बुँदे निणर्यहरु गरेको छ । संस्थाले आ.व. २०७५/७६ को संस्था दर्ता नविकरणका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा अनुरोध गरी पठाउने निर्णय गरेको छ । वदलिदो विश्व परिस्थिती, सामाजिक संरचना, सांस्कृतिक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै आ.व. २०७४/७५ को एक वर्षे रणनैतिक योजनाको लक्ष्य पुरा गर्न सञ्चालित सबै कार्यक्रम/परियोजनाहरुमा विभिन्न गतिविधिहरु संचालन गर्ने निणर्य गरेको छ ।
संस्थाको १३ औं वार्षिक समिक्षा तथा योजना तर्जूमा बैठकमा सहभागी प्रत्यक्ष लाभान्वित समुदाय, बाल क्लब, यूवा क्लब, सामुदायिक संस्था, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु र कार्यरत कर्मचारीहरुले संस्थाका लागि आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोष्ठि समापन कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले संस्थाका चुनौतीहरु चिर्दै संस्था सफलता तिर उन्मुख भएको बताए । संस्थापक अध्यक्ष थापाले संस्थाबाट संचालित कार्यक्रम परियोजनाहरुले निर्दिष्ट गरेका लक्ष्यका साथै संस्थाको रणनैतिक योजनाका लक्ष्य प्राप्तीमा कर्मचारीहरुबाट भरपुर सहयोगको अपेक्षा गरे ।
संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्काले संस्थालाई यहाँसम्म ल्याई पु¥याउने सवैलाई धन्यवाद दिइन् । राम्रा काम र असल अभ्यासहरुलाई अनुसरण गर्दै संस्थाको सबलतामा सबै लाग्ने प्रतिवद्धता सहित २ दिने वार्षिक समिक्षा, क्षमता विकास तथा रणनैतिक योजना तर्जूमा गोष्ठी सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यसमिति उपाध्यक्ष वीरबहादुर नेपालीले गोष्ठी सम्पन्न भएको घोषणा गरे ।

यस्ता छन् निणर्यहरु :

SOSEC Internal 13th ARRP Desicion

प्रतिक्रिया