कालिकोटका युवाका लागि गन्तव्य बन्यो तेस्रो मुलुक

कालिकोटका युवाका लागि गन्तव्य बन्यो तेस्रो मुलुक

कालिकोट – विगतमा वैदेशिक राजगारीका लागि भारतमा मात्र जाने कालिकोटवासी पछिल्लो समय अन्य मुलकमा जान थालेका छन्। भारतमा जाँदा थोरै कमाइ हुने र कडा परिश्रम गर्नुपर्ने भएकाले भारतभन्दा अन्य देशमा रोजगारीमा जानेको संख्या बढेको हो। जिल्ला प्रसाशन कार्यालय कालिकोटका अनुसार १० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि राहदानी लिएका छन्।

जिल्ला प्रशासनबाट हालसम्म १० हजार ६ सय २२ जनाले लिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए। ‘यहाँबाट हालसम्म दश हजारभन्दा बढीले राहदानी लगेका छन्,’ उनले भने, ‘तीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने हुन्।’

आर्थिक वर्ष २०७४र७५ मा एक हजार १०९ जनाले राहदानीका सिफारिस लिएकामध्ये एक हजार १०६ वटा द्रुत सिफारिस र तीन वटा मात्र साधारण सिफारिस भएको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले बताए। राहदानीको सिफारिस लिनेमध्ये ३३ जना युवती छन्।

प्रतिक्रिया