बाल विवाह मुक्त जिल्ला बनाउने प्रतिबद्धता

बाल विवाह मुक्त जिल्ला बनाउने प्रतिबद्धता

दैलेख साउन १५ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको ११ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षणमा बाल विवाह मुक्त बनाउने प्रतिबद्धता गरिएको छ । सामाजिक तथा लैंगिक परिक्षणमा गरिएको ४ बुँदे प्रतिबद्धतामा दैलेखलाई बाल विवाह मुक्त जिल्ला बनाउने अभियानलाई प्राथमिकतामा राखिएको छ । ४ बुँदे प्रतिबद्धतामा दैलेख जिल्लालाई बाल विवाह मुक्त जिल्ला बनाउन थालिएको अभियान थप प्रभावकारी बनाउन ११ वटै स्थानीय सरकार, प्रहरी प्रशासन, स्थानीय तहमा रहेका न्यायिक समिति, गैरसरकारी संस्थाहरुको सक्रियतामा सफल पारिनेछ ।

यस्तै दैलेख जिल्लामा आपत्तकालिन गृह निर्माणको महसुस गरि गत आर्थीक बर्ष २०७४/०७५ मा सुरु गरिएको अभियानलाई आ.व. २०७५/०७६ मा पूर्वाधार विकासका काम थालनी गर्न स्थानीय सरकार र सम्बन्धित सबै निकायहरुले प्रतिबद्धता गरिएको छ । यसैगरि संस्था मार्फत संचालन भएका सबै विकास गतिविधिहरुमा सुशासन, पारदर्शीता कायम गर्दै यसको दिगोपनाको लागि स्थानीय उपभोक्ताहरुलाई सक्रिय बनाउनुका साथै हरेक गतिविधीहरु संचालन गर्दा स्थानीय सरकार संग सहयोग र समन्वय गरि अगाडी बढ्ने प्रथिबद्धता गरिएको छ ।

यस्तै नारायण नगरपालिकालाई बाल श्रम मुक्त बनाउन गत आर्थीक बर्ष देखि प्रतिबद्धता गरेर थालिएको अभियानले सकारात्मक संदेश दिन सफल भए अनुसार बाल श्रम मुक्त भएका बालबालिकाहरुको थप सुरक्षा, संरक्षण र शिक्षा लगाएतका कामको लागि पहल गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको हो ।

प्रतिक्रिया