बाहुन टोलका ९७ घरधुरी खानेपानी योजनाबाट लाभान्वित

बाहुन टोलका ९७ घरधुरी  खानेपानी योजनाबाट लाभान्वित

दैलेख– जिल्लाको भगवतीमाई गाउँपालिका ५ बाहुन टोलमा खानेपानी पु¥याइएको छ । ७३ लाख ३६ हजार ८ सय ४१ हजार रुपैयाँको लागतमा खानेपानी योजना निर्माण गरिएको हो । खानेपानी योाजनाबाट भगवतीमाई गाउँपालिकाको वडा नं. ५ मा खानेपानीको समस्या समाधान भएको छ । योजना निर्माणसँगै ९७ घरधुरीका ५ सय ८५ जनाले शुद्ध खानेपनी उपभोग गर्न पाउने भएका छन् । उक्त टोलमा ३ वटा सार्वजनिक र अन्य ३६ वटा धारा निर्माण गरेको फिल्ड संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
खानेपानी समस्या समाधानका लागि भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा योजना पूरा भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । योजनामा स्थानीय बासिन्दाले नगद ७८ हजार र २० लाख २४ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए । योजना निर्माणका लागि नेपाल सरकार, गाउँपालिका, आरडब्लु आरडीएफ, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना लगायतले सहयोग गरेका थिए ।
पानीका लागि भौँतारिनुन पर्ने भएपछि महिलाहरूले बिहान बेलुकाको समय बचत गरेर अन्य काम गर्न थालेको स्थानीय सीता चन्दले बताइन् । उक्त टोलमा पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को सहयोगमा सिँचाइ पोखरी, प्लाष्टिक टनेल हाउसमा तरकारी खेती, सिँचाइ कुलोनिर्माण लगायत काम सुरु भएकोसामाजिक परिचालक अविलाल जैसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया