सदरमुकाम संगै विभिन्न स्थानीय तहमा अन्तराष्ट्रिय युवा दिवस

सदरमुकाम संगै विभिन्न स्थानीय तहमा अन्तराष्ट्रिय युवा दिवस


दैलेख साउन २८ ।
दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न स्थानीय तहहरुमा अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । दिवसको अवसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले पनि आफ्नो कार्यक्षेत्रका वासी, वडाखोला, विन्ध्यावासीनी र भैरीकालिकाथुममा ¥याली, बाल विवाह न्यूनीकरणमा युवाको भूमीका विषयक खुला लोक गित प्रतियोगीता र स्थानिय सरोकारवाला निकायविचमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ ।
सदरमुकाम दैलेख वजारमा ¥याली सहित जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको छ । जिल्ला युवा समिति दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख, एभरेष्ट क्लव दैलेख, परिवार नियोजन शाखा दैलेखको समन्वयमा आयोजित कार्यक्रममा युवा समिति दैलेखका अध्यक्षता चन्द्र प्रसाद दाहालले गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेशका सभामुख राज वहादुर शाही, नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी राजनैतीक दल, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, संघसंस्थाका प्रमुख एंव प्रतिनीधि, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार, रानैतीक दलका प्रमुख एंव प्रतिनिधीहरुले मन्तव्य राखेका थिए । बाल विवाह न्यूनीकरणमा युवाको भूमीका भन्ने शिर्षकमा भएको लोक गित प्रतियोगीतामा संचालन गरिएको थियो । जसमा भगवती युवा क्लव, कमल खत्री, गणेशथान युवा क्लव, विन्ध्यावासीनी युवा क्लव र अस्मीता थापा गरि ५ वटा समुहले भाग लिएका थिए ।
कार्यक्रममा स्थानिय स्तरमा युवा स्वरोजगारको लागि पहल गर्ने र नितीको कार्यान्वयनको लागि सम्पूर्ण तह र तप्काबाट नै अघि जानुपर्ने सहभागिले बताएका छन् ।

यसैविच ज्वाला युवा संजालको आयोजना ए इ आइ एन लक्जेम्वर्ग ⁄टी डी एच जर्मनी नेपाल को सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको समन्वयमा महावु गा.पा. ३ वांसीमा युवा दिवसको औपचारिक कार्यक्रम सपन्न गरिएको छ । संजालका अध्यक्ष शुभेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महावु गाउँपालिकाका उपाध्यक्ष पे्रम कुमारी बुढा, वडा सदस्य हीरासिंह वडुवाल, निर्वाचीत सदस्य, महिला समुह, बाल क्लव विद्यालय प्रतिनिधी, स्वास्थ्य चौकी प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा युवाका सवालहरुको विषयमा जानकारी एंव अन्र्तक्रिया गरिएको थियो ।

वासीमा रहेका युवाक्लव एंव संजालको लागि स्वरोगार कार्यक्रम तथा अन्य नचेतनामूलक खेलकुद कार्यक्रममा रकम छुट्याउने विषयमा जानकारी गराइएको थियो । वासीमा रहेको युवाहरुको सवालहरुमा जुवा तास, मदिरा, बाल विवाह, छाउपडी समस्या जस्ता विषयमा युवाले काम गर्न चाहे पनि काम उपलब्धी मूलक रुपमा गर्न नसकिएको र वडा एंव गाउँपालिका स्तरमा निति वनाइ कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको छ ।

यसैगरि सनलाइट युवा संजालको आयोजना, ए इ आइ एन लक्जेम्वर्ग, टी डी एच जर्मनी को सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको समन्वयमा महावु गाउँपालिका २ वडाखोलामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा औपचारिक कार्यक्रम गरिएको थियो । संजालका अध्यक्ष नन्दाराम खत्रीको अध्यक्षता भएको कार्यक्रममा वडाका कार्यवाहक अध्यक्ष ललीत नेपाली, विभीन्न राजनैतीक दल प्रमुह एंव प्रतिनिधी, विव्यस प्रतिनिधी, शिक्षक, वुद्धीजीवी, युवा, महिला र बालबालिकाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा युवा नितीको विषयमा छलफल गरिएको थियो । एचआइभी, सुरक्षीत वसाइसराइको वारेमा जानकारी गराइएको थियो । युवाहरुको स्थानिय स्तरमा स्वरोजगारी सृजना गर्नको लागि पहल गरिने कार्यक्रमका सहभागिले बताएका छन् ।

यसैगरि राइली युवा संजालको आयोजना, ए.इ.आइ.एन. लक्जेम्वर्ग, टी.डी.एच.जर्मनी को सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको समन्वयमा नारायण नगरपालिका ११ विन्ध्यावासीनीमा १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा औपचारिक कार्यक्रम गरिएको थियो । संजालका अध्यक्ष नन्दा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष टंक वहादुर विष्ट, स्वास्थ्य चौकी विन्ध्यावासीनी, राजनैतीक दल, निर्वाचीत सदस्य, महिला, युवा र बालबालिकाको सहभागीतामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा एच आइ भी एड्स क्ष्यरोग र हेपाटाइटीस वी को वारेमा स्वास्थ्य चौकी इन्चार्ज क्रान्ती प्याकुरेलले अभिमुखीकरण गरेकी थिइन ।

प्रतिक्रिया