बहुविवाह गर्न खोज्ने फन्दामा

बहुविवाह गर्न खोज्ने फन्दामा

 २ बर्षिया छोराको साथमा धना बुढा ।

दैलेख, दुल्लु २९ साउन (ज्वाला संदेश) :
जिल्लाको ठाटीकाँध गाउँपालिका ३ सुईयाका पदम बडुवालका छोेरा नरेन्द्र सीजापतीले बहुविवाह गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन् । घरमा श्रीमती र २ बर्षको छोरा हुँदा हुँदै ओखलढुंगा जिल्लाको संगीता कार्कीलाई लिएर भारत तर्फ भाग्दै गर्दा बाँके प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

ठाटीकाँध गाउँपालिका १ का ठाटीकाँध गाउँपालिका १ अध्यक्ष नर्तम बुढाकी छोरी धना बुढालाई करीब २ बर्ष अघि विहे गरेका नरेन्द्रले दोस्रो श्रीमती भित्¥याउन लाग्दा प्रहरीको फन्दामा परेका हुन् । श्रीमानको दुःख दिएका कारण धना माईतीमा आएर बसेको र अशह्य भएपछि प्रहरी चौकी ठाटीकाँधमा निवेदन दर्ता गरेको धनाले बताइन् । अहिले नरेन्द्रलाई बाँके प्रहरीको नियन्त्रणमा र केटीलाई माईती नेपाल बाँकेमा राखेको ठाटीकाँध गाउँपालिका १ का अध्यक्ष नर्तम बुढाले बताए ।

श्रीमान करिब ४ दिन अघि देखी देखी सम्पर्कमा नभएको बताउदै धनाले भनिन “यस्तो होला भनेर कहिल्यै सोचेको थिइन्, जिवनमा यस्तो होला भनेर सोचेकै थिइन, तर आज आएर यस्तो हालत भोग्नु प¥यो ।” पिडित धनाले आफुलाई दुःख दिने श्रीमानलाई कानुनी कार्वाहीको माग गरेकी छिन् ।

नरेन्द्र सीजापती र ओखलढुंगा जिल्लाको संगीता कार्की ।

 

प्रतिक्रिया