मनोसामाजिक सहयोग तालिम

मनोसामाजिक सहयोग तालिम

दैलेख, साउन २९ – सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)को आयोजनामा आधारभूत तहका शिक्षकहरुका लागि २ दिने मनोसामाजिक सहयोग सम्वन्धी तालिम दैलेख बजारमा मंगलवारदेखि सुरु भएको छ ।
तालिममा सहयात्रा परियोजना क्षेत्रका ६ महिला सहित १८ जना शिक्षकहरुको सहभागिता छ ।
बाल सुलभ वातावरणका लागि बाल मनोविज्ञान बुझ्ने र सोही अनुसार बालबालिकाको बृद्धि विकासमा सघाउने सीप बारे अभिमुखीकरण गरिने तालिममा मनोविमर्शकर्ता पत्रकार अमर सुनारले सहजीकरण गरिरहेका छन् ।
आरम्भमा सहयात्रा परियोजनाका परियोजना संयोजक नवराज बीसी, शिक्षा अधिकृत मोहन पौडेल र वित्त प्रमुख अमृत तिमिल्सिनाले तालिमको महत्व र सामाजिक सेवा केन्द्र (सोसेक)को नीति विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया