फेरिँदैछ राउटेको जीवनशैली

फेरिँदैछ राउटेको जीवनशैली

बिष्णु शर्मा
दैलेख, जङगलको राजा ठान्ने राउटे जाति गुँरास गाउँपालिकामा एक सय ५० जानको समुहमा बस्दै आएका छन् । उनीहरुको जङगल छेउ एउटा सानो बस्ती छ । फिरन्ते जिवनमा रहेका राउटे समुदायमा ५० स्थाई रुपमा बसोवास गरेका भने अन्यले आफ्नो जिवनशैली जङगलमा घुमेर चलाइरहेका छन् ।

कल्याल, स्वबंशी र रास्कोटी गरी तीन जाति रहेको राउटे समुदायमा हाल विवाहमा समस्या देखिन थालेको छ । आफ्नो थर भन्दा बहिरका जाति सँग विवाह गर्ने चलन नभएको कारण समस्या भएको समुदायको एक राउटे बताउछन् ।

राउटे समुदायको महामुखिया रहेका महिन बहादुर शाहीका छोरा वर्षले ३५ पुगेका छन् । विवहाको लागि उमेर पुगेपनि योग्य उमेर नभएको युवती नहुँदा उनको विवाह हुन सकेको छैन् ।

त्यस्तै समुदायका अर्का युवक प्रकाशको उमेर ३० बर्षको छ । र उनकी श्रीमती १७ बर्षकी छिन् । सुत्केरी श्रीमतीलाई पोषिलो खानाको रुपमा धानको भात खुवाउने भन्दै उनी ओखलमा धान कुट्न व्यस्त देखिन्छन् ।

फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले पछिल्लो समय परिचय पत्र बुझेका छन् । हरेक महिना भत्ता आउनुपर्ने माग रोखेका समुदायले असार र साउनको भत्ता साउन अन्तिम सम्म पनि पाएका छैनन् । राउटेको मुखिया रहेका सुर्य नारायणले फोनबाट गुँरास गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई भत्ता नपाएकोले जनता रिसाएको गुनासो गरेका छन् ।

पछिल्लो समय राउटे समुदायमा केही परिवर्तन देखिन थालेका छन् । खोला नजिक बस्ने कुवा, खोलाको पानी खाने समुदायमा खानेपानीको व्यवस्था भएपछि पाईपमा आएको शुद्ध पानी पिउन सुरु गरेका छन् । सरसफाई गर्नुपर्छ र बन्नुपर्छ भन्ने तर्फ ध्यान गएको छ । जडिबुटीको भरमा पर्ने समुदाय अहिले औषधि सेवन र घाउचोट लागेको ठाउँमा मलम पट्टि गर्न तत्पर देखिएको छ ।


राउटेका बालबालिकाहरुमा भने सधैँ जसो समस्या बढ्दै जान थालेपछि हाल गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुको बस्ति नजिकै तीन जना सहजकर्ताहरुको व्यवस्थापन गरेका छन् । स्वास्थ्य कार्याकर्ता सँगै एकजना महिला र एकजना पुरुषले समुदायमा आउने समस्याहरुको बारेमा अध्ययन अवलोकन गर्ने गरेका छन् ।

गुराँस गाउँपालिकाले राउटे समुदायलाई परिचय पत्र प्रदान गरेर स्थायी बासिन्दा बनाउने अभियान थालेपनि हाल राउटे समुदायवीच बिवाद चुलिएको छ । केही पुरानो शैलीमा जिवन विताउँन चाहन्छन् भने युवा परिवर्तनतर्फ आर्काषण भएका छन् । नयाँपत्रिकामा समाचारछ

प्रतिक्रिया