चामुण्डामा ‘एक घर एक पोलिहाउस अभियान’

चामुण्डामा ‘एक घर एक पोलिहाउस अभियान’


३ भाद्र दैलेख (चामुण्डा) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ३ मा लागि एक घर एक पोलिहाउस निर्माण अभियान संचालन गरिएको छ । वडा स्थित चामुण्डा माविमा एक घर एक प्राविधिक उत्पादन गर्ने, फोहोरलाई मोहरमा बदल्ने, उदेश्यले कृषि शिक्षा संचालन भईरहेको छ । स्थानिय स्तरमा अहिले व्यावसायिक तरकारीको लागी किसानहरुले पोलिहाउस निर्माण गरिरहेका छन् ।
चामुण्डा माविका कृिष वालि विज्ञान शाखाका शिक्षक विद्यार्थिहरुको प्रयास तथा वडा कार्यपालिका र नगरकार्यपालिका को सहयोगमा एक घर एक पोलिहाउस अभियान सञ्चालन गरिएको हो । उक्त अभियान वाट प्रत्यक्ष रुपमा स्थानिय बासिले आम्दानी प्राप्त गर्ने छन् । यति मात्र हैन चामुण्डा मावि कृषि शिक्षा शाखाले स्थानिय कृषकहरुलाई व्यवसायिक कृिष सम्बन्धि तालिम दिदै आएको छ ।
वडा नं ३ मात्र नभई चामुण्डा विन्द्रासैनी नगरपालिकाकै शैक्षिक भरोसाको केन्द्रविन्दु मानिएको विद्यालयले अहिले सत्र लाख लगानीमा तेईस रोपनी उर्वर जग्गा किनेर व्यावसायिक तरकारी खेती गरिरहेको छ । विद्यालयले भर्खरै कागती, अमिलो, जुनार, अनार र सुन्तला रोपेको छ । विद्यालय भवनको छतमा कौषि खेति गरि करेला, काँक्रा, सिमि वोडि फलेका छन् ।
विद्यालय भवनका कोठाहरुमा च्याउ खेती गरेर विद्यार्थीले आय–आर्जन गरिरहेका छन् । विद्यालय को करेसाबारीमा थोपा सिचाईबाट तरकारी खेती गरिएको छ । नगरपालिकाको कार्यालयले पोलिहाउस किनिदिएको छ । आगामि वर्ष तीन वर्ष वालि विज्ञान नगरपालिकाको वृहत् योजनाको रुपमा निति तथा कार्यक्रममा पनि राखिएको छ ।

प्रतिक्रिया