नारायण नगरका जनप्रतिनीधिको सम्पति विवरण सार्वजनिक

नारायण नगरका जनप्रतिनीधिको सम्पति विवरण सार्वजनिक

दैलेख, ३ भदौ 
दैलेखको सबै भन्दा पुरानो नगरपालिका नारायण नगरपालिका दैलेखमा निर्वाचित जनप्रतिनीधिहरुले सम्पति विवरण सार्वजनिक गरेका छन् । २०७४ बैशाष ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनीधिहरुले सम्पति विवरण सार्वजनिक गरेको हुन् । नारायण नगरपालिका दैलेखका निर्वाचित प्रमुख, उपप्रमुख र ११ वटै वडाका वडा अध्यक्षहरुको सम्पती विवरण सार्वजनिक गरिएको हो ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ बर्ष बितिसक्दा समेत आफ्नो सम्पती विवरण सार्वजनिक नगरेका स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले ११ औैँ सूचना दिवसको अबसरमा दैलेख सदरमुकाममा आयोजित सम्पति विवरण सार्वजनिक कार्यक्रममा नारायण नगरका जनप्रतिनीधिहरुले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका हुन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्ष पछि सम्पति विवरण सार्वजनिक गर्नेमा देशभरका स्थानीय तहहरु मध्ये नारायण नगरपालिका दैलेख पहिलो हो । ४ नगरपालिका र ७ गाउँपालिका गरि ११ वटा स्थानीय तह रहेको दैलेखमा नारायण नगरपालिका दैलेखमा निर्वाचित जनप्रतिनीधिहरुले पहिलो पटक सम्पति विवरण सार्वजनिक गरेका हुन् । नारायण नगरपालिका दैलेखका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुले चल, अचल सम्पतीहरुको विवरण तयार गरि सार्वजनिक गरेको हुन् ।
पहिलो प्रयास स्वरुप प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सम्पति विवरण सार्वजनिक गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले जानकारी दिएका छन् ।
नारायण नगरपालिका दैलेखको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको समन्वय तथा सुन्दर नेपाल संस्था नागरिक आवाज–पारस्परिक जवाफदेहिता परियोजना दैलेखको सहजिकरणमा आयोजित जनप्रतिनीधिहरुको सम्पती विवरण सार्वजनिक कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले नगरपालिकामा शुसासन र पारदर्शीता कायम गर्नमा आफुहरु पछि नपर्ने बताएका छन् । जनप्रतिनीधिहरुले स्थानीय तहमा रकम हिना मिना गर्छन कि भनेर शंका नगर्नुहोस्, नगरप्रमुख खड्काले भने ‘शंका गरेर बस्ने बेलामा रचनात्मक काम गर्नुहोस् ।’
११ औैँ सूचना दिवसकोे अबसरमा सम्पति विवरण सार्वजनिक कार्यक्रममा दैलेखका जिल्ला समन्वय समिति दैलेखका कार्यवाहक प्रमुख बालकृष्ण केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटा, प्रहरी दैलेख प्रहरी प्रमुख ठाकुर पोखरेल, नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ल लगाएतले बोलेका थिए ।
दिवसका अबसरमा आयोजित सम्पति विवरण कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रनिधीहरुले बहिस्कार गरेका थिए । नेपाली कांग्रेस पार्टीको निर्देशन अनुसार आफुहरुले सम्पती सार्वजनिक कार्यक्रम बहिस्कार गरेको नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पूर्ण बहादुर मल्लले कार्यक्रम सुरु हुने वित्तिकै बहिस्कार गर्दै बाहिरिएका थिए । उनि नारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया