दैलेखमा उद्यम प्रदर्शन गरिने

दैलेखमा उद्यम प्रदर्शन गरिने

हिक्मत बहादुर नेपाली
दैलेख, ४ भदौ ः
दैलेखका झण्डै ७ हजार उद्यमीहरुले उत्पादन गरेको बस्तुहरुको प्रचार प्रसार संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बजारिकरण गर्ने उदेश्यले उद्यम प्रदर्शनी मेला सञ्चालन हुने भएको छ । आगमी असोज १५ देखी २० गतेसम्म संचालन हुने जिल्ला स्तरिय उद्यम प्रदर्शनी मेलामा जिल्ला भरका ७ हजार उद्यमीहरुले उत्पादन गरेका बस्तुहरु प्रदर्शनका लागि राखिनेछ । उद्यम प्रर्दशनी दैलेख सदरमूकामको टुडिँखेलमा हुनेछ । जिल्ला लघु उद्यमी समूह संघ दैलेखले आयोजना गर्न लागेको प्रदर्शनीमा जिल्लाभरका लघु उद्यमीहरुले उत्पादन गरेका उत्पादित बस्तु, प्रविधि, स्थानीय सिप र कच्चा पदार्थहरु प्रदर्शनमा राखिने छ ।
दैलेख जिल्लाका लघु उद्यमीहरुले उत्पादन गरेका बस्तुहरु सिस्नो पाउडर, अल्लोको धागो र हाते कागज युरोपहरुमा निकासी हुने गरेको छ । यसैगरि मसला, अगरवत्ती, ममबत्ती, दालमोठ, दुना टपरी, राडीपाखी, खुँडाखुकुरी, ढाकाका कपडा, बाँस निकालोका वस्तुहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुग्ने गरेको छ । जिल्लामा उत्पादित ताजा तरकारी, वंगुर ब्यवसाय, कुखुरापालन ब्यवसाय, सिलाई कटाई, ब्युटिपार्लर, होटल ब्यवशाय, वेलको जुस उत्पादन भई बजारिकरण भईरहेको छ । लघु उद्यम विकास कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले श्रृजना गरेका दैलेखका ७ हजार लघु उद्यमीहरुले आत्मनिर्भर र स्वरोजगार बनेर ब्यवसाय संचालन गरिरहेका छन् ।
प्रदर्शनी मेलाको उद्घाटन गर्नका लागि कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई निमन्त्रणा गरिने जिल्ला लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष कविराज खत्रीले बताउनुभयो । उद्यम प्रर्दशनीलाई सफल बनाउन सबै निकायहरुलाई सहयोगको लागि आग्रह गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया