नागरिक समाजलाई संगठित बनाइदै

नागरिक समाजलाई संगठित बनाइदै

बाल अधिकार संरक्षणका सवालमा पदाधिकारीलाई अभिमुखिकरण

ज्वाला संदेश समाचारदाता
दैलेख भदौ ५ ।
दैलेख जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका गरि ११ वटै स्थानीय तहमा गठित नागरिक समाजका पदाधिकारहरुलाई संगठित पार्दै बाल अधिकार संरक्षणका सवालमा उल्लंघनका घटनाहरुको अनुगमन सम्बन्धि दुई दिने अभिमुखिकण कार्यक्रम जिल्ला सदरमुकाम दैलेख बजारमा सुरु भएको छ । जिल्लाभरी बाल अधिकारका क्षेत्रमा सचेतिकरण वकालत र पैरवी गर्नका लागि नागरिक समाजका पदाधिकारीहरुलाई जानकारी प्रदान गर्ने उदेश्यले अभिमुखिकण आयोजना गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज वि.सी.ले बताए । अभिमुखिकरणको बारेमा प्रष्ट पार्दै वि.सी.ले तालिममा ११ वटै स्थानीय तहका सामाजिक सरोकारका क्षेत्रमा कार्यरतहरुको सहभागिता रहेको जानकारी दिए ।

अभिमुखिकरणमा नागरिक समाज दैलेखका पदाधिकारी, आठवीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका, गुरासँ गाउँपालिका, ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिकामा गठित नागरिक समाजका पदाधिकारीहरु सहभागिता रहेको छ ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले जिल्लामा महिला र बालबालिका जोखिममा हुने गरेको बताउदै जोखिममा रहेका महिला र बालबालिकाहरुको अधिकार संरक्षणको क्षेत्रमा काम गर्न जिल्लभरका नागरिक समाजका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । बालबालिकाको उमेर १६ बर्ष बाट बढेर १८ बर्ष पुगेको छ, प्रजिअ बाँस्कोटाले भने ‘हरेक समयमा बालबालिका बढी जोखिम हुने बताउदै जोखिममा रहेका बालबालिकाहरुको अधिकार संरक्षणका लागि नागरिक समाजले अभियान थाल्न आग्रह गरे । लोकतन्त्र स्थापना पछि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउदै प्रजिअ बाँस्कोटाले भने ‘विकास निर्माणमा हुने भ्रष्टाचार होस या नितीगत कमीकमजोरीहरुलाई सुधार गर्न होस् या सरकारी निकायहरुबाट प्रवाह हुने सेवा सुविधाहरु जनताले के कसरी पाएका छन् भन्ने विषयमा जानकारी लिने र सम्बन्धित निकायलाई घच्घच्याउने काम नागरिक समाजको हो । ’
जिल्लामा सुशासन र पादर्शीता कायम गर्न नागरिक समाजको महत्वपूर्ण भूमिका हुने प्रजिअ बाँस्कोटाको भनाई थियो । नयाँ आएका कानुनमा भएका प्रावधानहरुलाई हरेक नागरिकहरुले जानकारी लिन आवश्यक भएको बताउदै कानुन कार्यान्वयनका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहने बताए ।


कार्यक्रममा नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापतिले दुई दिने अभिमुखिकरण नागरिक समाजका पदाधिकारीहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले जिल्लाका ११ वटै स्थानीय तहमा बाल अधिकार संरक्षणका लागि नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिदै दुई दिन सम्मको अवधीमा सिकेका कुराहरुलाई स्थानीय स्तरमा गएर लागु गर्न सहभागीलाई आग्रह गरेका छन् ।
दुई दिन सम्म संचालन हुने तालिममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बिनु श्रेष्ठ, सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले बिश्वकर्मा, अधिवक्ता गोपाल विराजी, पत्रकार अमर सुनार, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज वि.सी.ले सहजिकरण गर्नेछन् ।
नागरिक समाज दैलेख द्धारा आयोजित अभिमुखिकरण कार्यक्रम जिल्ला समन्व्य समिति दैलेखको समन्वयमा संचालन भएको हो भने सेभ द चिल्ड्रेनको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहजिकरण गरेको छ ।

प्रतिक्रिया