राउटेलाई अब मासिक रुपमा भत्ता वितरण गरिने

राउटेलाई अब मासिक रुपमा भत्ता वितरण गरिने

 क्याप्सन – भत्ता बुझ्दै राउटे मुखिया । तस्विर – हिक्मत बहादुर नेपाली

हिक्मत बहादुुर नेपाली
दैलेख ५ भदौ- नेपाल सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता पाएपछि राउटे समुदाय खुसी भएका छन् । पाउनुपर्ने समयमा भक्ता नपाएपछि निकै आक्रोशित हुने गरेका राउटे समुदाय पहिलो पटक समयमै भत्ता पाएसंगै खुसी भएका हुन् । गत साता सम्म गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसंग भत्ता पठाउन माग गर्दै आएका राउटे समुदायलाई गुरासँ गाउँपालिकाले भत्ता वितरण हो । दैलेखको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका उनीहरुलाई गुरासँ गाउँपालिकाले प्रति व्यक्ति २ हजारका दरले भत्ता दिएको हो । उनीहरुले पाउदै गरेको सामाजीक सुरक्षा भत्ता १५२ जनालाई प्रतिब्यक्ति एक महिनाको २ हजारका दरले बितरण गरेका गुरासँ गाउँपालिकाका सुव्बा कर्ण बहादुर खड्काले जानकारी दिए ।
सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता गुरासँ गाउँपालिकाले पहिलो पटक मासिक रुपमा भत्ता उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । फिरन्ते रुपमा जिवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिहरुलाई गुरासँ गाउँपालिकाले गत असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान संगै पहिलो पटक मासिक रुपमा साउन महिनाको भत्ता वितरण गर्न सुरु गरेको हो । गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको थियो । उनिहरुले पहिलो पटक राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र देखाएर भत्ता बुझेका छन् ।
सरकारलाई धन्यवाद सुनाइदिनु है हामिले यस पटकबाट मासिक रुपमा भक्ता पायौँ, राउटे मुखिया सुर्यनारायण शाहीले भने, ‘अव मेरा जनता खुसी हुने भयो ।’ राउटेका मुखिया सुर्यनारायण शाहीले सरकारले आफुहरुलाई भत्ता छिटो भन्दा छिटो दिन आग्रह गरेपछि मासिक रुपमा भत्ता वितरण गरेको भन्दै अहिलेको सरकार निकै राम्रो रहेको बताए । ‘खाने खर्च नहुँदा उधारोमा काम चलाएको थियो, मुखिया शाहीले भने, भत्ता बुझेसंगै खानपान र पहिले खाएको तिर्नमै ठिक्क हुन्छ । भत्ता बुझेसंगै बस्तीमा खुसीयाली छाएको छ ।
भत्ता बितरण गर्न गुरासँ गाउँपालिकाका वडा नं. ७ का वडा अध्यक्ष हुकुम बहादुर खत्री, वडा नंं ८ का वडा अध्यक्ष पूर्ण बहादुर ओली, सुब्बा कर्ण खड्का, जिल्ला समन्वय समिति दैलेखका इन्जिनीयर हीरासिंह थापा सहितको टोली राउटे बस्तिमा पुगेको थियो । राउटे युवा प्रकाश शाहीले आफुहरुले अब चामल, दाल, तरकारी किनेर खान पाइने भन्दै सरकारले भत्ता दिदा समयमै दिन आग्रह समेत गरे । अहिले राउटे बस्तीमा १ सय ५२ जनाको जनसंख्या छ ।

प्रतिक्रिया